“भ्यालेन्टाइन डे” मा अभिसँग करिश्माको रोमान्स [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, ४ फागुन  :  गायिका निज्मा कार्की र आशिष तामाङको सुमधुर आवाजमा निकै नै रमाइलो लोक पप गीत सार्वजनिक भएको छ। “भ्यालेन्टाइन डे” को अवसरमा पारेर ओएसआर डिजिटलको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको “ओए नक्कली” बोलको गीतको भिडियोमा प्रेमका भावहरु समेटिएको छ ।

गायक बाबुल गिरीको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई संगीत सागरले निर्देशन गरेका हुन् भने यस भिडियो सम्पादन मिलन विश्वकर्माले गरेका हुन् । यस गीतको म्युजिक भिडियोमा अहिलेका युवापुस्ता माझ निकै नै रुचाइएका मोडल अभि सुनारलाई प्रस्तुत गरिएको छ भने उनको साथमा करिश्मा र भुवनको पनि दमदार अभिनय पनि हेर्न सकिन्छ। अभि सुनारले थुप्रै गीतहरुमा अभिनय गरिसकेका छ भने उनले अभिनय गरेका ति थुप्रै गीतहरु भध्ये “प्रदेसी मायालु” ले दर्शक स्रोता माझ निकै नै चर्चा पाएको थियो। उनि सोहि गीतको भिडियो मार्फत एकाएक चर्चा कमाएका मोडल हुन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया