भ्रष्टाचारको अभियोगमा पूर्व प्रधानमन्त्री प’क्राउ

Birendra Oli

एजेन्सी, १४ माघ : किर्गिजस्तानका पूर्वप्रधानमन्त्री मुखाम्मेदकल्यी अब्यल्गाजीभलाई बुधबार प्र’हरीले प’क्राउ गरेको छ । भ्रष्टाचारसम्बन्धी अभियोगमा छानबिनका लागि उहाँलाई प’क्राउ गरिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

उहाँले भ्रष्टाचार गरेका केही प्रमाणहरु भेटिएको र अनुसन्धानको सिलसिला चलिरहेकाले थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उनीहरुको भनाइ छ ।

प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका बेला अब्यल्गाजीभले कानूनको उलङ्घन गरेको, स्रोत र शक्तिको दुरुपयोग गरेको, राज्यलाई नोक्सान पारेकोलगायतका आरोपहरु उहाँलाई लगाइएको छ । खनिज स्रोत उपयोग र परिचालनसम्बन्धी निर्णयमा उहाँले अनियमितता गरेको भन्दै उहाँसहित सरोकारवालाहरुलाई पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

पूर्वप्रधानमन्त्री अब्यल्गाजीभको वैधानिक रुपमा देखिने आम्दानीभन्दा कैयौँ गुणा धेरै आम्दानी देखिएकाले पनि शङ्का गर्ने आधार बढेको प्र’हरी अधिकारीहरुले बताएका छन् । देशभरी नै उहाँको धेरै सम्पत्ति भेटिएको र त्यसको आम्दानीको स्रोत र आधार विश्वासीलो नभएको पाइएको छ ।

उहाँ किर्गिजस्तानको प्रधानमन्त्रीको रुपमा सन् २०१८ को अप्रिल २० तारिखका दिन नियुक्त हुनु भएको थियो । उहाँले झण्डै दुई वर्षपछि अर्थात् गत सन् २०२० को जुन १५ मा प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया