भ्रष्टाचार आरोपी मन्त्रीद्वारा राजीनामा

admin

उलान बटोर, मङ्गोलिया, २४ कात्तिक: आर्थिक अनियमितता गरेको आरोप लागेपछि मङ्गोलियाका एक जना मन्त्रीले राजीनामा दिनुभएको छ । मङ्गोलियाको खाद्य, कृषि र उद्योगमन्त्री बाट्जार्गाल बाट्जोरिङले बुधबार राजीनामा दिनुभएको अधिकारीहरुले जनाएका छन् ।

“मैले आफ्नो पदबाट राजीनामा दिएको छु, यसमा मलाई कुनै समस्या छैन,” उहाँले पत्रकारहरुलाई भन्नुभयो । सत्तारुढ दल मङ्गोलियन पिपुल्स पार्टी ग्रुपले नै संसदमा उहाँले राजीनामा दिनुपर्ने माग गरेको थियो । उहाँले न्यून व्याजदरमा राज्यको रकम वितरण गर्न लगाएको, राज्यकोषलाई हानी हुने काम गरेको विवरण केहीदिन अगाडि सार्वजनिक भएको थियो ।
-रासस÷सिन्ह्वा

प्रतिक्रिया