मंगल ग्रहमा यान अवतरण गराउने दोस्रो देश बन्यो चीन

admin

एजेन्सी, १ जेठ : चीनले मंगल ग्रहमा आफ्नो यान अवतरण गराएको छ । ६ वटा पाङ्ग्रा भएको रोबर्ट मंगल ग्रहको उत्तरी गोलार्धमा अवतरण गराएको चिनियाँ अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यो सँगै चीन मंगल ग्रहमा यान अवतरण गराउने अमेरिकापछि दोस्रो देश बनेको छ ।

मंगल ग्रहमा यान अवतरण गराउने ज्यादै कठिन काम मानिदै आएकोमा त्यसमा सफलता पाएको चिनियाँ सञ्चारमाध्ययमले जनाएका छन् । चीनले तिआन्वेन-१ अभियान अन्तर्गत फेब्रुअरी महिनामा पहिलो हप्ता अर्थात् तीन महिना अघि यानलाई मंगल ग्रहतर्फ पठाएको थियो । मंगल ग्रहमा अवतरण भएको रोबर्टको तौल दुई सय ४० किलोग्राम रहेको छ ।

रोबर्टले सतह र सहतमुनिको भौगर्भिक अध्ययन गर्नेछ । रोबर्टमा क्यामराहरू जडान गरिएको छ । ती क्यामेराले तस्बिर खिच्ने र यताउता गर्न दिशा पत्ता लगाउन सहयोग गर्छन् । अन्य पाँचवटा उपकरणले त्यहाँका ढुङ्गामा खनिज पदार्थको परीक्षण र हिउँ भए नभएको आकलन गर्छन् ।

तिआन्वेन-१ मंगल ग्रहमा पुग्ने चीनको दोस्रो प्रयास हो । यसअघि सन् २०११ मा रुससँग मिलेर चीनले अगाडि बढाएको अभियान प्रक्षेपण गर्ने क्रममा विफल भएको थियो । यस पटक चीनसँगै अमेरिका र यूयईले पनि मंगल ग्रहमा यान पठाएका छन् । ती यान अन्तरिक्षमै रहेका बीबीसीले जनाएको छ ।

प्रतिक्रिया