मंगल थापा निःशुल्क मास्क बाड्दै, कहाँबाट आयो यति धेरै मास्क ?

अस्मिता बेल्बासे

काठमाडौं, ११ चैत : चर्चित भ्रष्ट्रचार विरोधि अभियन्ता ज्ञानेन्द्र शाहीको चर्को विरोध गरेर सामाजिक सञ्जालमा भाइरल भएका सर्वाधिक आलोचित पात्र मंगल थापाले (हिजो) सोमबार राजधानीका विभिन्न स्थानमा निःशुल्क मास्क वितरण गरेका छन्।

सिंगो राष्ट्र नै कोरोना भाइरसको त्रासले आतंकित बनिरहेको अवस्थामा थापा भने मास्क वितरणमा सोमबार दिनभर व्यस्त देखिएका थिए।

शैक्षिक योग्यता भए पनि बोल्ने शैली र तार्किक शक्ति नभएको भन्दै सामाजिक सञ्जालमा आलोचित थापा पछिल्लो समय यसरी सामाजिक कार्यमा व्यस्त देखिनु धेरैले अनौठो समेत मानेका छन् ।

विशेष गरी नेकपासँग आवद्ध रहेका थापा सरकारको बचाऊ गर्दै आइरहेका छन्। तर यो विषम परिस्थितिमा आफैँ मैदानमा खटेर लाग्नु कतै आफ्नो धुमिल छबि सफा गर्न पो लागेका हुन् कि भन्ने धेरैको ठम्याई रहेको छ।

 

केही समय अगाडि हरेक मेडिकल पसलदेखि फुटपाथमा पाइने मास्क अहिले हरेक मेडिकल पसलहरुमा मास्क छैन भन्दै पम्पप्लेट टाँसिएका छन् भने यो समयमा थापाले काहाँबाट पाए यो आम नागरिकले बुझ्न चाहेको विषय हो ।

बजारमा मास्क, सेनिटाइजर, ग्यास देखि जुनसुकै समान उपभोग गर्न आम नागरिकलाई सकस भएको छ, जनताले पैसा तितेर लिन खोज्दा पनि पाएका छैनन् भने उनले निःशुल्क मास्क वितरण गरेका छन् । यो कतै आमनागरिकलाई छलकपट गरेको त हैन ? आमनागरिकको जिज्ञसा !

 

प्रतिक्रिया