मकवानपुरबाट ६ जुवाडे पक्राउ

admin

हेटौंडा, पुस २१ : जिल्ला प्रहरी कार्यालय मकवानपुरले ६ जना जुवाडेलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा मकवानपुरगढी गाउँपालिका १ लेनडाँडाबाट ६ जना जुवाडेलाई पक्राउ गरेको हो।

उनीहरूले लेनडाँडास्थित एक घरमा पैसाको हारजित हुने गरी बाजी राखी कौडा खेलिरहेको अवस्थामा कौडा र नगदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेको जुवाडेमाथि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए।

प्रतिक्रिया