”मखमली तिहार” प्रविशाको आवाज सन्दिपको लेखन

पिएनपि खबर

काठमाडौं, कात्तिक २६ : नेपालीहरुको महानपर्व तिहारको कोशेली स्वरुप ”मखमली तिहार” सार्वजनिक भएको छ । भिडीयो छाँयाकन र सम्पादनमा आफ्नो कुशल क्षमता देखाईसकेका सन्दिप डाँगीको शब्दमा ”मखमली तिहार” बोलको गीत सार्वजनिक भएको हो ।

 

थुप्रै टेलिचलचित्र र गीतमा परिकल्पनाकारको रुपमा समेत आफ्नो कुशलता देखाएका उनै सन्दिप डाँगी पछिल्लो गीतकार रुपमा समेत आफ्नो छबि स्थापित गर्न चाहान्छन् । उनै डाँगीको शब्दमा अन्य गीतमा बजारमा आउन तयार भएको तर कोरोना महामारीका कारण भिडीयो छाँयाकन गर्न नसकिएका बजारमा नआएको उनको भनाई छ ।
प्रस्तुत गीतमा प्रविशा अधिकारी,कविन्द्र श्रेष्ठ र विश्व प्रधानले आवाज दिएका छन् । गीतकार सन्दिप डाँगी हुन भने महेश ज्ञवालीको संगीत रहेको छ ।
कविन्द्र श्रेष्ठ र विश्व प्रधान,महेश ज्ञवाली,क्रिष्टिना श्रेष्ठ,राजन थापा,सोनी लामा,विद्या कार्की,शंकर सेढाई,रश्मी श्रेष्ठ र नारायण पौडेलको अभिनय रहेको छ ।
भुवन श्रेष्ठको नृत्य निर्देशन रहेको गीतमा अमृत सुनुवारले छाँयाकन गरेका हुन्भने माधव वेल्वासेले सम्पादन गरेका छन् । विश्व प्रधानको निर्देशनमा रहेको छ ।

प्रतिक्रिया