मदनकृष्णलाई भेटेपछि ठूलो सपना पुरा भयो : वियोन्स

admin

काठमाडौं, १९ चैत : पछिल्लो समय सर्वाधिक लोकप्रियता हासिल गरेको ‘फुलबुट्टे सारी’ बोलको गीत विश्व बजारमै चर्चामा छ । यो गीतलाई युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले आफ्नो स्वरमा गाइन् । वियोन्सको गीतले युट्युबदेखि सामाजिक सञ्जालमा हंगामा नै मच्चायो ।

यो गीत वियोन्सको स्वरमा सार्वजनिक भएपछि गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठले उनलाई भेट्ने इच्छा व्यक्त गरेका थिए । अब भने मदनकृष्ण र वियोन्सविच भेटघाट भएको छ । मदनकृष्णलाई भेट्दा वियोन्स रोएकी थिइन् ।

यो गीतको लेजेन्डरी भर्सन गायका गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठलाई भेटेपछि वियोन्सले आफ्नो जिन्दगीको सबैभन्दा ठूलो सफलता नै मदनकृष्णलाई भेट्नु भएको बताइन् । उनले भनिन्-‘जब मैले उहाँको स्वरमा फुलबुट्टे सारी सुने, म उहाँको फ्यान भएकी थिएँ । मेरो जिन्दगीकै सबैभन्दा ठूलो सफलता नै उहाँलाई भेट्नु हो । म निक्कै खुशी छु ।’

मदनकृष्णले पनि वियोन्सको स्वरको प्रशंसा गर्दै भने-‘गीतसंगीतबाट संसारभरका मानिसहरु नजिक हुन सकिने रहेछ भन्ने पुष्टी भएको छ । जब मैले वियोन्सको गीत सुनेँ, उनीसँग टाढा भएपनि पूर्व जन्मको नाता रहेछ कि भन्ने महशुश भएको थियो ।’

प्रतिक्रिया