मदनकृष्णसँग नयाँ गीत गाउँदै यूगान्डाकी गायिका वियोन्स

admin

काठमाडौं, २६ चैत : ‘फुलबुट्टे सारी’ गीत गाएर पछिल्लो समय चर्चामा आएकी यूगान्डाकी गायिका दे क्याप्टेन वियोन्स फमासीसँग वरिष्ठ अभिनेता मदनकृण श्रेष्ठले नयाँ गीत गाउने भएका छन् । श्रेष्ठले बिहीबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै वियोन्ससँग नयाँ गीत गाउने तयारी गरेको जानकारी दिएका हुन् ।

‘हामीले गाएको गीत ‘फुलबुट्टे सारी’ वियोन्सले पनि गाइन् । त्यसपछि यो गीतले अन्तर्राष्ट्रिय करणको रुप लिएको महसुस गरिएको छ’ श्रेष्ठले अगाडि लेखेका छन् ‘अब वियोन्स र म मिलेर अर्को एउटा युगल गीत गाउने तरखरमा छौं ।’

श्रेष्ठले वियोन्स तरुनीसँग आफ्नो स्वर मेल खाला कि नखाला भनेर समेत चिन्ता गरेका छन् । यो गीतको पहिलो भर्सन गायिका मेलिना नेवारको स्वरमा आएको थियो । जसमा शब्द तथा संगीत राजराज शिवाकोटीको रहेको थियो । गायिका वियोन्सले ‘फुलबुट्टे सारी’ गीत गाइसकेपछि मदनकृष्णले उनीसँग भेट्ने इच्छा व्यक्त गरेका थिए ।

मदनकृष्णसँगको भेटमा वियोन्सले आफ्नो ठूलो सपना पुरा भएको बताएकी थिइन् । आफ्नो र वियोन्सको स्वरमा ‘फुलबुट्टे सारी’ लोकप्रिय भएपछि कलाकार तथा गायक मदनकृष्णले नयाँ गीत गाउने तयारी गरेका हुन् । मदनकृष्णले गीत कस्तो प्रकृतीको हुनेछ भनेर खुलाएका छैनन् । तर, आम दर्शक तथा श्रोताले उनी र वियोन्सको स्वरमा नयाँ गीतको भने प्रतिक्षा गरिरहेका छन् ।

प्रतिक्रिया