मदन-आश्रित ह’त्याको पछाडि राजनीतिक कारण छ, उहाँको विचार गणतन्त्र र राष्ट्रवादको पक्षमा थियो : नेता बादल

admin

काठमाडौं, ३१ भदौ : नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ ले तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठक जीवराज आश्रितको ह’त्या किन भयो भनेर प्रश्न गरेका छन् । ‘मदन-आश्रितको ह’त्या ५० सालमा किन भयो ? त्यसको पछाडि राजनीतिक कारण छ’, थापाले भने, ‘मदनले जुन विचार अघि सार्नुभयो त्यो विचार गणतन्त्र र राष्ट्रवादको पक्षमा थियो ।’

बिहीबार नेकपा एमाले काठमाडौं जिल्ला भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै नेता थापाले नेपालको राजनीतिक आन्दोलनको स्मरण गर्दै मदन आश्रितको ह’त्या हुनुमा राजनीतिक कारण रहेको समेत बताए । यस्तै उनले मदनको चर्चित भाषण राजालाई श्रीपेच खोलेर आउन दिएको चेतावनीलाई समेत स्मरण गरे ।

उनले हालै एमालेबाट छुट्टिएको माधव नेपाल पक्षलाई ‘दक्षिणपन्थी समूह’ को संज्ञा दिदै एमालेले समाजवादी धारको नेतृत्व गरिरहेकाले आफुहरुको विजय निश्चित भएको बताए । उनले समाजवादी र क्रान्तिकारी धारको एमालेले नेतृत्व गरिरहेकाले सबै नेता कार्यकर्ताले आत्मसात गर्न जरुरी रहेको धारणा व्यक्त गर्दै आगामी दिनमा राज्यका सवै सत्तामा एमालेले कब्जा जमाउने दावी गरेका छन् ।

प्रतिक्रिया