मदन भण्डारी कलेजको पिकनिक जाँदै गरेको बस दुर्घटना, २२ घाइते

मनिषा थापा

काठमाडौँ : काठमाडौंको बिजुलीबजारस्थित मदन भण्डारी कलेजको पिकनिक जाँदै गरेको बस दुर्घटना भएको छ । शुक्रबार कलेजबाट आयोजित भक्तपुरको घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको बा ५ख ४२८६ नम्बरको बस सडकमै पल्टेको हो ।

दुर्घटनामा २२ जना घाइते भएका छन्। घाइते भएकाहरुको उपचार भईरहेको र सकुशल हुनेहरु पिकनिक स्थल पुगेर पिकनिक मनाउने क्रममा रहेको जानकारी छ।

उक्त कलेजले ११ वटा बसमा विद्यार्थीसहित शिक्षकहरु पिकनिकका लागि लगेको थियो।

प्रतिक्रिया