मध्यरातमा एकै परिवारका तीन जनामाथि धा’रिलो हतियार प्र’हार, अवस्था गम्भीर

admin

ताप्लेजुङ, असोज ८ : ताप्लेजुङको सिरीजंघा गाउँपालिका वडा नं ८ याम्फुदिनको थिबुकमा एक युवकले एकै परिवारका तिन जनामाथि धा’रिलो हतियार प्र’हार गरेका छन्। उनीहरुको अवस्था गम्भीर छ।

स्थानिय २२ वर्षीय लाक्पा भोटेले आफ्नै ६० वर्षिया ठूलि आमा फुटी भोटे, ठुलो बुवाको छोरा ३६ वर्षिय पासाङ भोटे र १८ वर्षिय छिरिङ भोटेलाई मध्यराति टाउको र गर्धनमा बाम्फोक प्र’हार गरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिए।

ग’म्भिर घा’इते तिनै जनाको याम्फुदिन स्वास्थ्य चौकीमा उपचार भइरहेको र गम्भीर घा’इते तिनै जनालाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौ लैजाने तयारी गरिएको प्रजिअ चापागाईँले बताए। सो क्षेत्रमा एम्बुलेन्स पुग्न नसक्ने भएका कारण हेलिकप्टरबाट लैजान लागिएको हो।

बाम्फोक प्र’हार गर्ने लाक्पा फरार रहेकाले उनको खोजीकार्य जारी रहेको ताप्लेजुङका प्र’हरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए।

टनास्थलमा प्र’हरी चौकी याम्फुदिनका असइको नेतृत्वमा ३ जनाको टोली पुगेको र ईलाका प्र’हरी चौकी तेल्लोकबाट पनि प्र’हरी निरीक्षकको नेतृत्वमा टोली खटिएको डिएसपी श्रेष्ठले बताए।

घ’ट’नास्थल इलाका प्र’हरी कार्यालय तेल्लोकबाट ८ घण्टाको पैदल दुरीमा पर्छ। घ’टनाको विषयमा थप अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ।

प्रतिक्रिया