मध्यरातमा फेसबुकमा भिडियो लाइभ गरेर युवतीले गरिन् आ’त्महत्या

admin

तुलसीपुर, १८ असार : दाङको तुलसीपुरकी एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गरेर आ’त्महत्या गरेकी छन् ।

तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा बस्दै आएकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यरातमा फेसबुक लाइभ गरेर आ’त्महत्या गरेको इलाका प्र’हरी कार्यालय तुलसीपुरका प्र’हरी प्रमुख डिएसपी शिवबहादुर सिंहले पुष्टी गर्नुभयो ।

‘राति १ बजेर २५ मिनेटमा जानकारी पायौँ, घर पत्ता लगाउन मुस्किल पर्‍यो, अबेर उनको घरमा पुग्दा उनको मृ’त्यु भैसकेको थियो ।’, उहाँले भन्नुभयो, ‘उनी माइतीमा बस्दै आएको खुलेको छ ।’ बुवा आमा सबै भारतमा काम गर्न गएकाले उनी कोठामा एक्लै थिइन् ।’

घ’टनाबारे अनुसन्धान थालिएको प्र’हरीले जनाएको छ । मृ’तक युवतीको श’व पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

प्रतिक्रिया