मनसुन बिस्तारै कमजोर बन्दै, आज केही ठाउँमा पानी पर्ने

admin

काठमाडौं, १९ असोज : देशका केही ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने तर पानी पर्ने सम्भावना भने नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार दिउँसो प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा सामान्य पानी पर्ने सम्भावना छ ।

सोमबार राति प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बद्ली भएर बाँकी प्रदेशहरुमा आंशिक बद्ली रहने मौसमविद् समिर श्रेष्ठले बताएका छन् । उनका अनुसार मनसुन बिस्तारै कमजोर बन्दै गएको छ ।

पानी पर्ने क्रम घट्दै गएको र पश्चिमी वायु पूर्वतिर सर्दै गएकाले मनसुन कमजोर बन्दै गएको हो । अब केही दिनमा देशभरिबाटै मनसुन बाहिरिने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् श्रेष्ठले बताए ।

जलवाष्पयुक्त हावाको सामान्य प्रभाव कायम नै रहेकाले १/२ दिन अझै मनसुन बाहिरिने सम्भावना नभएको उनको भनाइ छ ।

प्रतिक्रिया