मनोज गजुरेलसँग विवाह हुने हल्ला चलेपछि, नायिका बर्षाले दिइन् यस्तो जवाफ

admin

काठमाडौं, २९ मंसिर : नायिका वर्षा सिवाकोटी विवाह हुने हल्ला चलेपछि आक्रोशित बनेकी छिन् । बेलाबखतमा उनको प्रेम सम्बन्ध बारेमा पनि चियो चर्चो चलिरहेकै थियो । तर अहिले आएर वर्षा सिवाकोटीको नाम हाँस्य कलाकार मनोज गजुरेलसँग जोडिएपछि एकाएक वर्षा सामाजिक सञ्जालमार्फत आक्रोशित बनेकी हुन् ।

वर्षा सिवाकोटी र मनोज गजुरेल विवाह गर्दै भन्ने जस्तो समाचारहरु सामाजिक सञ्जालमा आएपछी वर्षा सिवाकोटीले सोमबार फेसबुक स्ट्याटस लेख्दै आफ्नो आक्रोश पोखेकी छिन् । मनोज गजुरेलसँग विवाह गर्ने हल्लामा कुनै सत्यता नरहेको र आफू दुईको बाटो नै फरक छ कसरी यस्तो हावादारी समाचार भाईरल बनाएको भन्दै आक्रोश पोखेकी छिन् ।

पत्रकार भन्दैमा पैसा कमाउन जे पनि लेख्ने भन्दै प्रश्न पनि उठाएकी छिन् । उनले यस्ता समाचार हेरेर आफूलाई दया लागेको बताएकी छिन् । उनले कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने ‘मानसिक विक्षिप्तता’ बेलैमा हटाउन सुझाव दिएकी छिन् ।

मनोज गजुरेल प्रति आफ्नो सधै सम्मान रहेको तर उहाँ र आफ्नो नाम जोडिने कुनै आधार नै बिना लेखिएको समाचार प्रति वर्षाको आक्रोश हो । कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने ‘मानसिक विक्षिप्तता’ बेलैमा हटाएको राम्रो भन्दै सुझाव समेत दिएकी छिन् ।

यस्तो छ वर्षा सिवाकोटीको स्ट्याटस –
“वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै” भनेर विभिन्न अनलाइनमा आएको समाचारहरु देख्दा दया लागेर आयो । भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्रनै बदनाम बनाएको छ । पत्रकारितामा गलत न्यारेटिभ सेट गर्ने हिसाबले फैलाइएका यस्ता हल्लाहरुले सहि अर्थमा पत्रकारिता गर्नेमाथि पनि प्रश्न उठेको छ ।
आदरणिय सर, मनोज गजुरेलको र मेरो बाटो अलग अलग छ । मेरो उहाँप्रति सम्मान सधै उचो नै रहेको छ । हामीलाई जोडेर कुप्रचार गर्दा कसको पो फाइदा होला र ?
कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने ‘मानसिक विक्षिप्तता’ बेलैमा हटाएको राम्रो

प्रतिक्रिया