मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीलाई मातृशोक

राष्ट्रिय समाचार समिति

काठमाडौं, भदौ ३१ : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक परेको छ । उहाँकी ममतामयी आमा चित्रकुमारी रेग्मीको उपचारका क्रममा गएराति मिनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा निधन भएको अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।



केही समयदेखि मुटुरोगको उपचार गराइरहनुभएकी ९० वर्षीया रेग्मीको उपचारका क्रममा निधन भएको हो । स्व रेग्मीका तीन छोरा र चार छोरी हुनुहुन्छ । उहाँको पार्थिव शरीरलाई गएराति नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया