मन्त्री ढकालद्वारा कोभिड– १९ नियन्त्रण गर्न प्रदेश मन्त्रीसँग छलफल

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १३ जेठ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सातै प्रदेशका सामाजिक विकास मन्त्रीहरूसँग कोरोना (कोभिड–१९ रोकथाम र नियन्त्रणमा भइरहेको कामका विषयमा छलफल गर्नुभएको छ ।

उहाँले मन्त्रालयबाटै भिडियो कन्फरेन्समार्फत प्रदेशमन्त्रीहरुसँग छलफल गर्नुभएको हो । छलफलमा कोभिड–१९ नियन्त्रण र रोकथामको काम अझ प्रभावकारी कसरी बनाउने भन्ने विषयमा उहाँले प्रदेशका सामाजिक विकासमन्त्रीहरूसँग छलफल गर्नुभएको मन्त्रालयका विज्ञ सल्लाहाकार डा. खेम कार्कीले जानकारी दिनुभयो ।

छलफलमा मन्त्री ढकालसँगै, मन्त्रालयका सचिव यादव कोइराला, मन्त्रालयका विज्ञ सल्लाहकार डा कार्की, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ र सहसचिव एवं मन्त्रालयअन्तर्गतको इन्सिडेन्ट कमान्ड सिस्टममा कमान्डर डा गुणराज लोहनी सहभागि रहनुभएको थियो । अहिलेसम्म नेपालमा ७७२ जना कोभिड–१९ को संक्रमण देखिएको छ भने चार जनाको कोभिड १९ को कारणले मृत्यु भइसकेको छ ।

प्रतिक्रिया