मन्त्री नेम्वाङलाई कोरोना संक्रमण

राष्ट्रिय समाचार समिति

काठमाडौं, कात्तिक ३ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सोमबार भएको पिसिआर परीक्षणको रिपोर्टमा सङ्क्रमण पुष्टि भएको उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउनुभएको छ ।

मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न पनि अनुरोध गर्नुभएको छ ।अहिलेसम्म सङ्घीय सरकारमा तीन मन्त्रीलाई सङ्क्रमण पुष्टि भइसकेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री योगेश भट्टराई र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेललाई सङ्क्रमण पुष्टि भएको थियो । रासस

प्रतिक्रिया