मन्त्री पदमा रहँदा ज्यामी माहुरीले जस्तै काम गरे : गोकर्ण बिष्ट

मनिषा थापा

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा श्रममन्त्री गोकर्ण विष्ट हटाइएयो। मन्त्रीबाट हटाइएपछि बिहीबार आयोजित विदाइ कार्यक्रममा उनले आफ्नो कार्यकालमा सहयोग गरेका सबै कर्मचारीलाई धन्यवाद दिएका छन्।

निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विष्टले आफू मन्त्री पदमा रहँदा ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको बताएका छन्। उनले मान्छेको जीवन त अस्थायी हुने भन्दै पद पनि अस्थायी रहने भएकाले अचम्म नलागेको जानकारी दिए। राम्रो काम गर्ने मन्त्रीको सूचीमा परेका उनलाई हटाउनुले कतिपयले वैदेशिक रोजगार व्यवसायीहरुको दबाबलाई लिएका छन् ।

यसको साथै उनले फेसबुकमा स्टाटस लेख्दै वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवा, पसिनाको मूल्य नपाएका श्रमिकको पक्षमा इमानदारीपूर्वक काम गरेको बताएका छन्।

वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन ठूलो भूमिका निर्वाह गरेका उनलाई हटाउन म्यानपावर व्यवसायीहरुले प्रधानमन्त्री ओलीलाई दबाब दिँदै आएको चर्चा चल्दै आएको छ। मन्त्री पद हटे पनि उनको मुहारमा मलिनता देखिएको छैन।

प्रतिक्रिया