मन्त्री रविन्द्र अधिकारीलाई सम्झिँदै कलाकार दीपकराज गिरीले लेखे यस्तो मनछुने स्टाटस..

मनिषा थापा

काठमाडौं : बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाले देश नै शोकमा डुबेको छ । उक्त हेलिकप्टर दुर्घटना परी संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।

मानिसहरुले विभिन्न माध्यमबाट मृतकहरुप्रति श्रद्धाञ्जलि दीइरहेका छन् । यसैक्रममा हाँस्यकलाकार तथा निर्देशक दीपकराज गिरीले मन्त्री अधिकारीलाई श्रद्धान्जली दिँदै भावुक स्टाटस लेखेका छन् ।

मन्त्री अधिकारी र आफ्नो तस्विरसहित फेसबुकमा उनले लेखेका छन्, ‘हिजो मात्रै भेटेर नेपाली चलचित्र चीनमा पनि प्रदर्शन गर्नुपर्छ, म यसको लागि लागिरहेको छु भन्नु भएको थियो। आज यो फोटो समवेदना व्यक्त गर्नका लागि प्रयोग गर्नु पर्दा सारै दुख लागेको छ‘ सम्पूर्ण मृतात्मा को शान्तिको कामना गर्दछू ।’

प्रतिक्रिया