मन्दिरमा भक्तजनको भिडलाई ध्यान दिँदै स्यानीटाइजर र माक्स वितरण

admin

भक्तपुर, २० साउन : सुर्यविनायक नगरपालिका ८, सिपाडोलमा रहेको केदारनाथको शिरभाग डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भिडलाई ध्यान दिंदै कोरोना फैलिन नपाओस् भन्ने हेतुले स्थानिय युवाहरुको सहयोगमा माक्स र स्यानीटाइजर वितरण गरिएको छ ।

विश्व नै कोरोनाबाट आक्रान्त भैरहेको बेलामा मन्दिरमा लाग्ने भिडबाट थप संक्रमण फैलिन सक्ने भन्दै स्थानीय युवाहरुले केही दिन यता प्रत्येक शनिबार र सोमबार मन्दिर प्राङ्गणमा माक्स र स्यानीटाइजर वितरणगर्दै आएका छन् । गएको शनिबार, सोमबारमा करिब चार हजार पाँच सय मास्क तथा पच्चीस लिटर स्यानीटाइजरको प्रयोग भैसकेको बताइएको छ ।

कार्यक्रम स्थलमै सोइच्छाबाट जुटेको आर्थिक सहयोगबाट हालसम्मको खर्च व्यवस्थापन भैरहेको सहयोगमा जुटिरहेका पुष्पराज बस्नेतले जानकारी दिएका छन् । सेन्सरयुक्त (टचलेस) ह्याण्ड स्यानीटाइजरको सहयोग जेरी इन्टरनेस्नलले गरेको थियो ।

उक्त कार्यमा सहयोग गर्न चाहनेहरुले सहयोगका लागि पुष्पराज बस्नेत (९८५१२०१५५८) र विवेक बस्नेत (९८४१६४०६४७) लाई सम्पर्क गर्न सकिने जानकारी दिइएको छ ।

प्रतिक्रिया