मन चोर्ने कोइ भेटिएको छैन : डान्सर अनिता बैजु

admin

अनिता बैजु नेपालकी नयाँ पुस्ताका लागि चर्चित डान्सर तथा कलाकार हुन् । देशमै बसेर अनिताले धेरैलाई आफुमा लुकेर रहेको कला प्रस्तुत गरेर मनोरञ्जन दिलाएकी छिन् ।

सँधै अरुलाई मनोरञ्जन दिलाउने पेशा अंगालेकी बैजुको जन्म बुवा प्रेम बहादुर बैजु र बिमला बैजुको को कोखबाट भएको हो । उनै कलाकार बैजुसँग लकडाउन अबधीमा गरेको कुराकानी :

तपाईंको कलाकारीताको यात्रा कसरी र कहाँबाट सुरु भयो ?
म सानो छँदा रेडियोमा गित सुन्ने नाच्ने गर्थे त्यति वेला देखि नै मलाई नाच्ने र क्यारिकेचर गर्ने रुचि जागेको थियो र नाच्न र क्यारिकेचर गर्न थाले यसरीनै सुरु भयो मेरो कलाकारीताको यात्रा ।

आज भोलि के मा व्यस्त हुनुहुन्छ ?
आज भोलि म नेपाल टेलिभिजनबाट प्रशाारण हुने गोलमाल र हालत खराब भन्ने हास्य टेलिसिरियलमा ब्यस्त छु । म्युजिक भिडियोको अफर आइराथ्यो बन्दाबन्दिले घरमै अनुशासनमा बसि राज्य लाई सघाउदै छु ।

कलाकारीताको क्षेत्रमा लागेकोमा कतिको सन्तुष्ट हुनुहुन्छ ?
एकदम सन्तुष्ट छु । बच्चै देखिको मेरो रहर थियो त्यो भखर पुरा हुँदैछ । तर कहिलेकाँही चित्त दुख्दो रहेछ । कला हुँदा हुँदै पनि नेपालमा अवशर अलि कम आउँछ तेतिबेला अलि अलि दुःख लागेर आउँछ । समग्रमा भन्ने हो भने सन्तुष्ट नै छु ।

कस्तो खालको कला सबैभन्दा बढी प्रस्तुत गर्न हुन्छ ?
म एउटा कलाकार मात्र नभएर, एउटा डान्सर पनि हुँ । डान्स पनि गर्ने गर्छु । जुन धेरै कमले मात्र गर्ने गर्छन् । विषेश गरेर म लभ स्टोरीमा अभिनय गर्ने गरेको छु । सबै भन्दा बढी यो नै गछू भन्ने छैन ।

तपाँईलाई दर्शकले के भनेर चिन्नु हुन्छ नी ?
मलाई दर्शकले डान्स नै भनेर अलि बढी चिन्नु हुन्छ । डान्स गर्ने पनि कलाकारनै हो । हास्य टेलि सिरियलमा म भख्खरै आएको हुँ ।

आगामी दिनमा कलाकारीतालाई कसरी अगाडि बढाउने सोचमा हुनुहुन्छ ?
नेपालमा धेरै कलाकारहरु हुनुहुन्छ । उहाँहरुसँग म पनि भख्खरै प्रवेश गर्दै छु । मैले कलाकारीतालाई अघि बढाउनु मेरो दायित्व हो ।

त्यहि भएर अब म धेरै नेपाली कलाकारीतामा समय दिने सोचमा छु । म भित्र धेरै कमिकमजोरीहरु छन् जुन कमिकमजोरीलाई बहिर फाल्दै कलाकारीताको क्षेत्रमा निखारपन ल्याउनु छ ।

खासमा तपाईंले क्यारिकेचर कसरी सिक्नु भयो ?
पहिले देखिनै सडक नाटक लिएर हिड्ने गरेको थिएँ । क्यारिकेचरनै भनेर चाँहि मैले कुनै क्लास लिएको छैन ।

तपाईको कलाकारीताको यात्रालाई तारिफ गर्ने र गाली गर्नेहरुका लागी के भन्नुहुन्छ ?
तारिफ गर्नेहरु धेरै जना अगाडीबाट वावा भन्छन् तर पछाडीबाट कुरा काटिरहन्छन् । मनबाटै तारिफ गर्नेहरु कमै हुन्छन् ।

जसले मलाई गाली गर्छन नी त्यो वेला चाँही अझै राम्रो गर्नुपर्ने रहेछ भन्ने लाग्छ । तारिफ र गालि दुबै मन पर्छ किन भने तारिफ मात्र सुनियो भने अगाडी बढ्न सकिदैन तर गालि पनि सुनियो भने मलाई हिम्मत बढ्छ । र अझै कलाकारीताको क्षेत्रमा अगाडि बढ्न मद्दत पुग्छ । त्यसैले म तारिफ र गालि गर्ने दुबैलाई धन्यवाद भन्न चाहान्छु ।

अनि तपाँईको पढाई चाहिं कहाँसम्म पुग्यो ?
मैले स्कुल पढ्दा पढ्दै बिचमा छाड्नु पर्याे म सानो छँदा मेरो बुवा खस्नुभयो घरको ठुलो मान्छे खसेपछि आमाले दुःख सुःख घरपरिवार चलाउनु भयो घरको आर्थिक अवस्था निकै कमजोर भएका कारण आमाले मलाई पढाउन सक्नु भएन ।

कला क्षेत्रमा संघर्ष गर्ने शिलशिलामा मैले विद्यालयमा गएर पढे भन्दा धेरै शिक्षा आर्जन गरेको छु । खासमा म पढेर आएको हैन परेर आएको मान्छे हुँ । अरुले बोलेको अंग्रेजी बुझ्न सक्छु र फर्काउन सक्छु ।

बिबाह गर्नुभयो ?
मेरो बिवाह भएको छैन । बिवाह भन्दा पनि मेरो बुवा त हुनुहुन्न तर आमाको सपना पुरा गर्नु छ । त्यसैले अहिले विवाह गर्ने सोचमा छैन । बिवाह भन्दा पनि कर्म नै ठुलो ठान्छु। मन चोर्ने कोइ भेटिएको पनि छैन।

विदेशका कार्यक्रमहरुमा कत्तिको अफर आउने गर्छ ?
विदेशबाट धेरै अफर आउँछ । पहिला अफर आउँदा म सँग राहदानी थिएन र जान पाईन । यसपली मलाई अमेरिकाबाट र दुवई बाट अफर आएको छ । कार्यक्रम शोका लागि जान्छु तर नेपाली माटोमै पसिना चुहाइ संसार चुम्ने रहर छ।

लकडाउनमा कस्तो महसुस भैराको छ?
अबस्य पनि बिस्वब्यापी महामारी को रुप मा फैलिएको कोरोना सन्त्रास अझै बढ्दो छ। बाहिर सुटिङ्ग तिरै कार्यब्यस्तता हुन्थ्यो आमा लाई समय दिन पाएकी छु। आफन्त सङ्ग भलाकुसारी र पृयजन हरु सङ्ग सम्बाद गरि नजिक हुने मौका पाएकि छु।

अन्त्यमा तपाईंका दर्शकलाई के भन्न चाहानुहुन्छ ?
मेरा सम्पुर्ण दर्शकलाई म के भन्न चाहान्छु भने तपाईंहरुको मायाले नै म यो स्थानसम्म आइपुगेको छु । अझै साथ सहायोगको आसा गर्दछु । मेरालागि माया, अवार्ड, परिवार जे भनेपनि तपाईं भगवान रुपि दर्शक नै हो ।

अहिले यश महामारी संकट को सबै घरमा बसि मिलिजुली सामना गरौ। अबस्य कोरोना विरुद्धको युद्दमा नेपाल ले सफलता हात पार्ने छ।

अनि आफ्ना कुराहरु राख्ने अवसर दिनु भएकोमा पनि हृदयदेखि नै धन्यवाद दिन चाहान्छु आभारी छु ।

साभार : फलैचा न्युज 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू