मरि सकेको घाइतेको शरीरसंग अप्रेशनको नाममा खेलिरहे डाक्टर, यसको लागि परिवारसंग लिए लाखौ रुपैया

रिता घिसिंग

पिएनपिखबर : कानपुर शहरको सर्वोदय नगरमा एक निजी अस्पतालले दुर्घटनामा घाइते भएका युवकको मृत्युपछि पनि अप्रेशनको नाममा परिवारसंग लाखौ रुपैया लिएको खबर सार्बजनिक भएको छ। रिपोर्टसका अनुसार पोस्टमार्टम रिपोर्टबाट डाक्टरको कर्तुत खुलासा भएको हो। पोस्टमार्टम रिपोर्टमा घाइतेको मृत्यु धेरै रगत बगेका कारण भएको हो।

अहिलेसम्म पनि मृतकका परिवारले प्रहरीमा उजुरी दर्ता गराएको छैन। रिपोर्टका अनुसार मृत्यु हुनेमा १८ बर्षिय रोहित इलाहाबादका हुन्। रोहित निजि कम्पनिमा असिस्टेंट फिटरको काम गर्थ्यो। बुधबार बिहान १२ जना कर्मचारीलाई लिएर पिकअप भ्यान कम्पनि तर्फ जाँदै गर्दा दुर्घटना भएको थियो। सोहि दुर्घटनामा रोहित घाइते भए। कम्पनिको म्यानेजर हर्षितले सर्वोदय नगरमा रहेको निजि अस्पतालमा रोहितलाई भर्ना गरियो।

बिहिबार अप्रेशनको नाममा डाक्टरहरुले दुइ पटक साँढे ३ लाख जम्मा गर्न लगाए। शुक्रबार कम्पनिको कर्मचारी रोहितलाई हेर्न आईसीयू जाँदा डाक्टरले मृत्यु भएको जानकारी गराए। पोस्टमार्टम गर्ने डाक्टरले रोहितको मृत्यु बुधबार राती भएको बताएको छ। तर अस्पतालले प्रहरीलाई शुक्रबार मृत्यु भएको सूचना पठाएको थियो। पोस्टमार्टम गर्ने क्रममा मृतकको पेटमा चिरा परिएको थियो। टाँका लगाउनु पर्ने ठाउमा टेप लगाएको थियो। यति मात्र नभई पेट भित्र २८ टुक्रा कपास पनि फेला पर्यो। यसैमा यो प्रश्न उठ्छ कि रोहित जिउदो थ्यो त किन उनको पेटमा कपास राख्यो ? अप्रेशनको समयमा मृत्यु भैसकेको छ भने किन उनको शरीरलाई आईसीयूमा राखियो ? स्थानीय प्रहरीले पोस्टमार्टमको रिपोर्ट पढेपछि अस्पताललाई कारबाही गर्ने बताएको छ।

प्रतिक्रिया