मर्न समेत नपाउने कस्तो ठाउँ हो नर्वेको लाङइयरबेन ?

admin

एजेन्सी, २९ पुस : विश्वको प्रसिद्ध पर्यटक स्थल हो नर्वे जहाँ अचम्म लाग्दो एउटा ठाउँ छ । नर्वेमा यो ठाउँको नाम हो लाङइयरबेन । यो स्थानमा कोही पनि कालगतीले मर्न पाएका छैनन् ।

मर्न नै नपाउने कस्तो ठाउँ होला त भनेर यसबारे धेरै नै चर्चा त हुने गर्छ तर यसका लागि कारण पनि छ । तर के हो त ? नर्वेलाई मध्यरातमा सूर्य उदाउने देशको रुपमा पनि चिनिन्छ । यो देशमा मे महिनादेखि जुलाईको अन्तिम सम्म सूर्यास्त नै हुँदैन ।

यहाँ लगातार ७६ दिनसम्म सूूर्य रहन्छ र रात पर्दैन । यहाँको स्वालबार्डमा पनि १० अप्रिलदेखि २३ अगस्टसम्म सूर्य डुुब्दैन । लङइयरबेनमा यहाँको प्रशासनले एक कानुनी व्यवस्था बनाएको छ, जसका कारण यहाँ मानिसको कालगतिका कारण मृत्यु हुन पाउँदैन ।

यहाँ मानिसको मृत्युमाथि प्रतिबन्ध लगाइएको छ भन्ने प्रचलन त छ तर ठ्याक्कै प्रतिबन्ध नै लागू भने नभएको धेरैले बताउँछन् । यस्तै नर्वेको उत्तरी ध्रुवमा लङइयरबेनमा वर्षभरी नै व्यापक चिसो हुनेगर्छ । त्यसैले यहाँ शवको अन्तिम संस्कारका लागि स्थान नै छैन ।

त्यसैले त्यहाँका बिरामी बासिन्दालाई उनीहरुको अन्तिम दिनमा ओस्लो लगिन्छ र मृत्यु भएपछि त्यतै अन्तिम संस्कार गरिन्छ । यसको कारणको कुरा गर्नुपर्दा सन् १९१८ को फ्लूको महामारीका बेला निधन भएका यहाँका स्थानीयको शव पर्माफ्रोस्टका कारण अहिलेसम्म सड्न नपाएको जानकारीमा उल्लेख छ ।

ती शवमा अहिले पनि भाइरसको सक्रिय स्ट्रेन रहेको मान्यता राखिन्छ । यहाँको तापक्रम वर्षभरी नै फ्रिजिङ पोइन्टमा हुने भएकोले यहाँ सधैँजसो पर्माफ्रोस्टको अवस्था रहने भएकोले शवको अन्तिम संस्कार गर्नै नपाइने भएकोले यहाँ यस्तो अवस्था सिर्जना भएको बताइन्छ ।

त्यस्तै द एटलान्टिकले यसबारे एउटा भिडियो युट्युबमा पोस्ट गरेको छ । उक्त भिडियोलाई ‘तपाईं यहाँ मर्न पाउनुहुन्नँ’ भन्ने शीर्षक दिएर अपलोड गरिएको छ । यसमा लङइयरबेनमा १० वर्षसम्म सम्पादकको रुपमा काम गरेको दाबी गर्ने एक व्यक्तिले यहाँको वास्तविकता भिन्न भएको बताएका छन् । उनले यहाँ प्रकाशित भिडियो र लेख गलत भएको दाबी गरेका छन् ।

उनका अनुसार मानिसहरुले यहाँका समाधि स्थलमा खरानी गाड्ने र समुद्र वा कुनै ठाउँमा छर्ने गर्छन् । यहाँ शवलाई मात्रै गाड्न प्रतिबन्ध लगाइएको उनको भनाई छ । उनका अनुसार यो भिडियोको शीर्षक नै गलत छ । उनी भन्छन्, ‘यहाँका स्थानीयको भालुको आक्रमण, मौसमका कारण, विभिन्न दुर्घटना र अन्य कारण ज्यान गएको छ ।

प्रतिक्रिया