मलाई घृणा गर्नेहरुलाई जवाफ दिन तयार हुँदैछु : सन्जु बाबा

मनिषा थापा

पिएनपिखबर : एचआइभी मानव प्रतिरक्षा प्रणालीमा कमी ल्याउने एक प्रकारको विषाणु हो । यस विषाणुले गर्दा एड्स हुन्छ । एड्स यस्तो अवस्था हो जसमा एच.आइ.भी.ले शरीरको प्रतीरोधात्मक शक्तिको ह्रास गराउछ तर संगै बस्दैमा, खादैमा, कपडा एकै लाउँदैमा यो रोग सर्दैन।   

यस रोगबाट पिडित भएका व्यक्तिहरु थुप्रै छन् तर उनीहरु अपहेलित हुने डरले खुलेर समाजमा आउँन सकेका छैनन्। तर पछिल्लो समय संजिव क्षेत्री अर्थात संजु बाबाले मिडियाको सामु खुलेर एचआइभी भएको बताएका छन्। उनी आफुमा एचआइभी संक्रमित भएकोमा गर्व गर्छन।

केहि युटुबका पत्रकार साथीहरुको सहयोगमा हालै स्पर्श नेपालमा उनको उपचार भईरहेको छ । उनले आफुमा परिवर्तन ल्याउन चाहेको हरेक अन्तर्वाताहरुमा बताउदै आएका छन्। उनको अन्तर्वार्ता पछि उनलाई सहयोग पनि आइरहेको र दर्शकहरुको माया पनि बटुलिरहेका छन् यसले एचआइभी संक्रमित भएको व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमा विस्तारै परिवर्तन भईरहेको देख्निन्छ।

कुनै बेला अंग्रेजी शिक्षक रहेका उनी पारिवारिक तनाबबाट राहत खोज्दै लागे कुलतमा फसेको बताउँछन्। स्पर्श नेपालमा आईसकेपछि उनीमा धेरै परिवर्तन आएको देखिन्छ। विस्तारै उनी स्वस्थ हुदै गएका छन्। उनी भन्छन, ‘यहाँ शुरुवातमा आउँदा रक्सि खान नपाउदा हात खुट्टा काम्थ्यो तर अहिले म ठिक छु, मलाई खाने इच्छा हुदैन। मैले आफ्नो मनलाई बाध्न सिके।’

‘एचआइभी संक्रमीत भएकै कारण परिवार र समाजले घृणा गर्यो, खान खान गएको होटेलमा एचआईबी संक्रमित भएको बताउदा खाना नै डस्टविनमा फ्याकियो। अब म केहि गर्न चाहान्छु एच आईभी पिडतलाई घृणा गर्नेलाई म अहिले जवाफ दिन सक्ने भएको छु।’ उनले भने।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू