मलेसियामा कु’ट्ने र कु’टाइ खाने दुवै जना नेपाली भएको पुष्टि

admin

काठमाडौं, १९ साउन : मलेसियामा सुरक्षा गार्डलाई कु’ट्ने व्यक्ति नेपाली नागरिक नै भएको पुष्टि भएको छ ।

गएको शुक्रबार सामाजिक सञ्जालमा आएको एकजना सुरक्षा गार्डलाई कु’ट्दै गरेको भिडियोमा कु’टाइ खाने र कु’ट्ने दुवै जना नेपाली नागरिक नै भएको मलेसियामा रहेको नेपाली दूतावासले प्रष्ट पारेको छ ।

दूतावासले ३० जुलाईको राति भिडियो दूतावासमा आउना साथ त्यहाँको सुरक्षा गार्ड सम्बन्धी सेवा उपलब्ध गराउने कम्पनीको छाता सङ्गठन पीआईकेएमलाई अनुरोध गरी सत्यतथ्य बुझ्न अनुरोध गरेको थियो ।

त्यसपछि पीआईकेएमले जुलाई ३१ को बिहान प्रहरीमा उजुरी दर्ता गरेको थियो । प्रहरीको अनुसन्धानपछि दुवै जना नेपाली नागरिक रहेको पुष्टि भएको हो । दूतावासका अनुसार पी’डित इस्लाम हुसेन नवलपरासीका र पीडक रामगोपाल मुराव कपिलवस्तुका स्थायी बासिन्दा हुन् ।

यस्तै मलेसियाको अध्यागमन कानुन अनुसार दुवै अ’वैधानिक भएर बसेको दूतावासले जनाएको छ । भिडियोमा देखिए अनुसारको घ’टना गएको जुलाई ७ तारिख बिहान करिब १० बजेतिर क्वालालम्पुरमा रहेको एम ३ मलमा भएको हो ।

पी’डित सुरक्षा गार्ड र पी’डक सुपरभाइजरको रुपमा कार्यरत रहेको दूतावासले जनाएको छ । राम गोपाल सोमबार आफैं प्रहरी समक्ष उपस्थित भएको र क्वालालम्पुरको वाङसाषतजुमा रहेको प्रहरीचौकीले यसबारे थप अनुसन्धान गरिरहेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया