मलेसियामा सात सय नेपाली कामबाट निकालिए, पाँच हजारले न्युनतम तलब पाएनन्

admin

काठमाडौं, २ असोज : कोरोना भाइरसको असरका कारण मलेसियामा रहेका सात सय नेपाली श्रमिकहरु कामबाट निकालिएका छन् ।

प्रवासी नेपाली समन्वय समिति पीएनसीसीका अनुसार यो पाँच महिनाको अवधिमा मलेसियामा ७ सय नेपाली कामबाट निकालिएका छन् भने झण्डै पाँचहजार जनाले न्युनतम तलब पनि पाएका छैनन् ।

दुई हजार नेपाली श्रमिकले भने न्यून तलब पाएका छन् । मलेसियामा रहेको नेपली दूतावासको तथ्याँंक अनुसार मलेसियामा तीन लाख २५ हजार नेपाली श्रमिक कार्यरत छन् ।

तीमध्ये २५ हजार नेपाली विभिन्न कारणले अवैधानिक भएको पीएनसीसीले जनाएको छ । मलेसियामा धेरै नेपाली म्यानुफ्याक्चरिङमा क्षेत्रमा कार्यरत छन् ।

यस्तै मलेसियामा १० हजार नेपाली श्रमिकको भिसाको म्याद सकिएको छ । विभिन्न कारण त्यहाँ समस्यामा परेका १९ हजार नेपाली स्वदेश फर्किने पर्खाइमा भए पनि अहिलेसम्म ३ हजार पाँचसय जना मात्र फर्किएको पीएनसीसीले जनाएको छ ।

प्रतिक्रिया