महाकालीमा बगेर युवाको मृ त्यु

admin

दार्चुला, १४ माघ :  खानेपानीको अभावका कारण शुक्रबार दिउँसो महाकाली नदी किनारमा नुहाउन गएका एक जना युवाको बगेर मृ त्यु भएको छ ।

ब्यास गाउँपालिका–४ सुन्सेरा घरभई हाल सदरमुकाम खलंगा बस्दै आइरहेका २१ वर्षीय सुवास कुँवरको मृ त्यु भएको प्र ह रीले जनाएको छ ।

जिल्ला प्र ह री कार्यालयका अनुसार महाकाली नदीमा नुहाउने क्रममा बगेका कुँवरको उद्धार गरेपछि अस्पतालमा उपचारका क्रममा मृ त्यु भएको हो ।

प्रहरीका सूचना अधिकारी माधव विश्वकर्माका अनुसार मृ त क कुँवर बजारमा डेरा गरी कम्प्युटर सिकिरहेका थिए ।

नदीमा बगेको जानकारी पाएपछि स्थानीय युवा, प्र ह री र सशस्त्र प्रहरी घटनास्थल पुगी दिउँसो १ बजे जीवितै उद्धार गरी कुँवरलाई जिल्ला अस्पताल दार्चुला पुगाइएको भए पनि अस्पतालमा डाक्टरहरुले दिउँसो २ बजे मृ त घोषित गरेका हुन् ।

प्रतिक्रिया