महानायक हमालको परिकल्पनामा ‘सपोर्ट फर सेल्टर च्यारिटी इभेन्ट’

पूजा बानियाँ

पिएनपीखबर, पुजा बानियाँ। दृष्टिविहीन बालबालिकाहरुलाई शिपमुलक तालिम उपलब्ध गराउन साथै बासस्थान निर्माणका लागि सहयोग जुटाउन अस्ट्रेलियाको विभिन्न शहरहरुमा ‘सपोर्ट फर सेल्टर च्यारिटी इभेन्ट’ कार्यक्रम हुँदै छ ।

अष्ट्रेलियाको तासमनियामा रहेको तास इभेन्ट इन कर्पोरेशनले यो कार्यक्रमको आयोजना गरेको हो । यसको परिकल्पनाकार राजेश हमाल आफैं हुन् ।सिन्धुपाल्चोकमा अभिभावक गुमाएका दृष्टिबिहिन बालबालिकाहरुलाई सिपमूलक तालीम र बासस्थान निर्माणका लागि रकम जुटाउन यो कार्यक्रमको आयोजना गरिएको जानकारी आयोजक संस्थाले दिएको छ ।

यो कार्यक्रम तास इभेन्टसले तासमनियामा जुन ३० तारिकका दिन गर्ने छ भने जुलाई ४ तारिकका दिन ब्रिसबेनमा हुने छ । ब्रिसबेनका आयोजक ब्ल्याक आइ क्रियसनका राजु कान हुन् । यसै गरी जुलाई ७ तारिकका दिन गोल्ड कोस्टमा हुने छ । त्यहाँका आयोजक किशोर तिवारी रहेका छन् । जुलाई ८ तारिकका दिन क्विन्सल्याण्डको टअम्मामा हुने छ । यो शहरको आयोजक डमरू इभेन्टसका पुकार घिमिरे हुन् ।

जुलाई १२ तारिकका दिन सिड्नीको रगडेलमा रहेको इन्द्रेणी फंसन सेन्टरमा आयोजना हुन लागेको यो कार्यक्रमको सिड्नी आयोजक भने यस ह्यूमानिटीका ओमकृष्ण श्रेष्ठ र रोशन भट्टाराई रहेका छन् । यो कार्यक्रमको भिसा पार्टनर एस पिपुल एण्ड भिसा सर्भिसेस रहेको छ भने ट्राभल्स पार्टनरमा एभरेष्ट ट्राभल्स एण्ड टुर्स रहेको छ । यो कार्यक्रम जुलाई १३ तारिकका दिन एडिलेटमा हुने छ । एडिलेटमा गगन गिरीले यो कार्यक्रमको आयोजना गर्ने छन् भने जुलाई १४ का दिन मेलबर्नमा आयोजक संस्था तास इभेन्टले उक्त कार्यक्रम गर्ने भएको छ ।

हमालसहित हास्यकवि शैलेन्द्र सिम्खडा, गायिका मेनुका पौडेल र गायिका एन्जिला रेग्मीले पनि कार्यक्रममा प्रस्तुती दिनेछन् । बुधबार राजधानीमा अष्ट्रेलियामा हुन लागेको यस च्यारिटी इभेन्टको बारेमा जानकारी गराइएको थियो । कार्यक्रमबाट उठेको रकमबाट खर्च कटाएर बाँकी रहेको सम्पुर्ण रकम महानायक राजेश हमालको रोहबरमा सम्बन्धित सस्थालाई पत्रकार सम्मेलनको आयोजना गरेर उपलब्ध गराईने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू