महाशाखाभित्रै सञ्चारकर्मीमाथि हा’तपात, घटनामा संलग्नलाई कानूनी कारवाहीको माग

अस्मिता बेल्बासे

कैलाली, २२ असार : नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशले सञ्चारकर्मीमाथि भएको हा’तपात र गा’लीगलौज गरेको घटनामा संलग्नलाई कानूनी कारवाहीको माग गरेको छ ।

आइतबार समाचार सङ्कलनका लागि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पुगेका दिनेश एफएम र दिनेश खबरमा कार्यरत सञ्चारकर्मी कमल साउदमाथि धनगढी-५ का हर्कबहादुर देउवा र निजका छोरा ठक्करले मन्त्रालयको पशुपन्छी महाशाखाभित्रै हा’तपात र गा’लीगलोज गरेको भन्दै निजद्वयलाई कानूनबमोजिम कारवाही गर्नुपर्ने पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका महासचिव योगेश रावलद्वारा यहाँ जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

समाचार प्रकाशन र प्रसारणका बारेमा विमति भए हरेक नागरिकलाई कानूनी उपचार रोज्ने हक हुँदाहुँदै उत्तेजित भई सञ्चारकर्मीलाई हा’तपात र गा’लीगलोज गर्ने कार्य निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया