महिनाको दोस्रो दिनमै उकालो लाग्यो सुनको भाउ, कतिमा कारोबार भइरहेको छ हेर्नुहोस

शर्मिला गुरुङ

काठमाडौं, २ फागुन : आज बिहिबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ। हिजो बुधबार प्रतितोला ६१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एक सय रुपैयाँले बढेर ६१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ भने हिजो प्रतितोल ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा पनि एक सय रुपैयाँले बढेर आज प्रतितोला ६१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, आज चाँदीको मूल्य भने यथावत रहेको छ । आज चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भईरहेको छ। काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

प्रतिक्रिया