महिनावारीका बेला भुलेर पनि नगर्नुहोस् यी ५ काम

रिता घिसिंग

महिनावारी (मासिकस्राव) हुनु महिला बच्चा जन्माउन सक्षम भएको संकेतको रुपमा लिइन्छ । तर, यस बेला ध्यान पुराउन नसकिए महिलाको स्वास्थ्यमा गम्भीर असर पनि गर्छ । महिनावारी बेला महिलाको शरीरमा अनेक प्रकारका हार्मोनल परिवर्तन हुने गर्छ । यसकारण महिनावारीका बेला खानपानसहित धेरै कुरामा सावधानी अपनाउनु पर्छ । त्यसमध्ये यी पाँच काम महिनावारीका बेला भूलेर पनि नगर्न चिकित्सहरूले सुझाव दिएका छन् ।

१. यौन सम्बन्ध : महिनावारीको समय यौन सम्बन्ध राख्नु हुँदैन । किनकी महिनावारीको समय यौन सम्पर्क राख्दा निकै कष्टदायी हुन्छ । साथै त्यसको धेरै साइड इफेक्ट पनि हुन सक्छ । महिनावारीको समय यौन सम्पर्क गर्दा गर्भवती होइदँैन भन्ने सोचाई पनि छ । तर, त्यो गलत हो । उक्त समयमा पनि गभर्वती हुने सम्भावना प्रबल हुन्छ । साथै संक्रमणबाट जोगिन पनि महिनावारीको बेला यौन सम्बन्धबाट टाढै रहनु पर्छ ।

२. भोकको बेवास्ता : महिनावारीको समय पर्याप्त मात्रामा पौष्टिक तत्वयुक्त खाना खानु पर्छ । महिनावारीको समय शरीर निकै कमजोर हुने गर्छ, त्यसैले यो समय पोषणयुक्त खाना खानुपर्छ ।

३. कडा शारीरिक श्रम : महिनावारीको समय पेट दुख्दा पीडा हुने वा पिठ्यू बाउँडिने जस्तो गरी दुख्न सक्छ । त्यसैले महिनावारीको समय शारीरिक श्रम गर्नबाट बँच्नु राम्रो हो ।

४. प्याडको प्रयोगमा लापरर्वाही : महिनावारीका बेला हरेक तीन घन्टामा प्याड परिवर्तन गर्ने गरौं । यदि कपडा प्रयोग गर्ने हो भने सकेसम्म सुतीको कपडा प्रयोग गर्नुपर्छ । उक्त कपडा पनि ३–४ घन्टामा परिवर्तन गरिराख्नु पर्छ । यसले संक्रमणबाट जोगाउँछ । साथै दुर्गन्धबाट पनि टाढा राख्छ ।

५. कसिलो कपडा : महिनावारीको समय निकै कसिलो कपडा लगाउनु हुँदैन । यो बेला सकेसम्म सुतीको र हलुका लुगा कपडा लगाउनु पर्छ । किनकी आरामदायी कपडाले चिड्चिडापन हुँदैन ।

प्रतिक्रिया