महिलाकै सिरिञ्ज आक्रमणमा परेकी महिलाले दिईन सबैलाई चकित पार्ने बयान [भिडियो सहित

शर्मिला गुरुङ

पिएनपिखबर, भक्तपुर : राजधानीमा भएका शृंखलाबद्ध ‘सिरिन्ज अट्याक’ले राजधानीवासी तथा देशभरका महिला त्रसित भएको अवस्थामा आरोपित सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेपछि केहि राहतको महशुश गरेका छन। राजधानी लगायत देशका विभिन्न स्थानमा दुई सातायता ‘सिरिन्ज आक्रमण’को त्रास बढिरहेको अवस्थामा कथित शृंखलाबद्ध ‘सिरिन्ज अट्याक’ का आरोपितलाई बिहीबार राती पक्राउ गरेपछि प्रहरीले सबै घटनामा उनी एक्लै सहभागी भएको र पक्राउ परेका सन्तोष कार्कीले समेत स्वीकारी सकेका छन्।

सन्तोष कार्कीले भने उक्त आक्रमण ‘रमाइलो’का लागि गरेको प्रारम्भिक बयान दिएपछि ‘सिरिन्ज अट्याक’ को घटनाले यतिबेला नयाँ मोड लिएको छ । यहाँसम्मकी उनले सिरिन्ज नभई सुरुमा काठको सुइरो र पछि ढलान किलोले घोचेको बयान दिएका छन् ।

तर चिकित्सक र प्रहरीलाई नै आश्चर्य पार्ने अर्को ‘सिरिन्ज हमला’को घटना उपत्यका बाहिर बनेपामा घटेपछि यो बिषय झन् रहस्यमय बन्दै गएको छ । बनेपामा सिरिन्ज आक्रमण हुनुअअघि सिरिन्ज आक्रमण आशंका गरिएका सबै घटना काठमाडौंकै थिए । आक्रमण गर्ने व्यक्ति पुरुष थिए र उनीहरुले बाइक प्रयोग गरेका थिए । तर, बनेपामा भएको घटना काठमाडौंमा भएको घटनाको ठीक उल्टो छ अर्थात, पैदल हिँडेकी महिलाले आक्रमण गरेकी छिन् ।

बनेपाकी ३४ वर्षीया एक युवती सिरिन्ज आक्रमणमा परेको भन्दै गत बुधबार शुक्रराज ट्रपिकल सेन्टर टेकु गएकी थिइन् । गएको डेढ महिनामा यस्तै प्रकृतिको घटना लिएर शुक्रराज ट्रपिकल सेन्टरमा ९ जना महिला पुगिसकेका छन् । पछिल्ला पाँच घटना त गएको एक साताको मात्रै हो । यसअघि भएका चार घटना सार्वजनिक भएपछि त्रसित हुँदै महिलाहरु टेकु अस्पताल पुगेका थिए । केही दिनको अन्तरमा भएको उस्तै घटनाले महिलाहरु त्रसित छन् । उनीहरुलाई एचआईभी विरुद्धको एआरटी औषधि चलाइएको छ भने हेपाटाइटिस बी बिरुद्धको भ्याक्सिन पनि दिइएको छ।

सामान्य मान्दामान्दै पछिल्लो तथ्यांकले सिरिन्ज आक्रमण घटनाको ग्राफ बढेको देखाउँछ । तर पनि सिरिन्जले घोचिएको थियो वा अरु केहीले भन्नेबारे तीन महिनापछि आउने विस्तृत मेडिकल रिपोर्टपछि मात्र थाहा हुने अनुसन्धान अधिकारी बताउँछन्। पीडित महिलाहरूमा कुनै संक्रमण भए÷नभए टुंगो लाग्न तीन महिनासम्म कुर्नुपर्ने हुन्छ । घटनाको बारेमा छिट्टो थाहा पाउन आक्रमणकारी पक्राउ गरेर अनुसन्धान गर्नुपर्छ भनेर भनिरहँदा बनेपाको सिरिन्ज अट्याकमा भने महिलाले आक्रमण गरिएको र पक्राउ नपरेको अवस्थामा ३ महिनामा नै वास्तविकता बाहिर आउने हुनाले ३ महिना कुर्नैपर्ने देखिन्छ।

राजधानीमा ‘सिरिन्ज ह़मला’का आरोपित कार्कीले महाराजगञ्जमा होटल व्यवसाय रहेको प्रहरीले जनाएको छ ।

राति १० बजे होटल बन्द गरेर उनी मोटरसाइकलमा सोह्रखुट्टे, टंकेश्वर हुँदै नैकापस्थित कोठामा जान्थे । प्रहरीका अनुसार घर जाने क्रममा बाटोमा एक्लै भेटिएका महिलाहरुलाई उनी आक्रमण गर्थे ।

प्रहरीले घटनामा प्रयोग भएको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । उनले सिरिन्ज नभई सुरमा काठको सुइरो र पछि ढलान किलोले घोचेको बयान दिएका छन् ।

उनको महाराजगञ्जमा होटल व्यवसाय रहेको प्रहरीले जनाएको छ । राति १० बजे होटल बन्द गरेर उनी मोटरसाइकलमा सोह्रखुट्टे, टंकेश्वर हुँदै नैकापस्थित कोठामा जान्थे । प्रहरीका अनुसार घर जाने क्रममा बाटोमा एक्लै भेटिएका महिलाहरुलाई उनी आक्रमण गर्थे ।

प्रहरीले घटनामा प्रयोग भएको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । उनले सिरिन्ज नभई सुरमा काठको सुइरो र पछि ढलान किलोले घोचेको बयान दिएका छन् ।

उनले दिएको आक्रमण गर्नुको कारणलाई प्रहरीले विश्वास गरिसकेको छैन र अनुसन्धान गरिरहेको छ ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू