महिलामाथि दु’व्र्यवहार गरेको आरोपमा वडाध्यक्ष प’क्राउ

admin

कञ्चनपुर, १९ असार : कञ्चनपुरको भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष राम नाथ महिलामाथि दुव्र्यवहार गरेको आरोपमा प’क्राउ परेका छन् । गए राति वडाध्यक्ष नाथले ब्रह्मदेव बजारमा मदिरा सेवन गरी महिलामाथि दु’व्र्यवहार गरेको स्थानीयले आरोप लगाएपछि ब्रह्मदेव प्र’हरी चौकीले नाथलाई नियन्त्रणमा लिएको हो । प्र’हरीले नियन्त्रणमा लिएका नाथलाई रातिनै जिल्ला प्र’हरी कार्यालय कञ्चनपुर पठाएको छ ।

फाइल फोटो

जिल्ला प्र’हरी कार्यालय कञ्चनपुरका प्र’हरी नायब उपरीक्षक अमर थापाले वडाध्यक्ष नाथले महिलामाथि दु’व्र्यवहार गरेको भन्ने कुरा आएपछि नियन्त्रणमा लिइएको बताउनुभयो । “थप कुरा बुझ्न बाँकी रहेको छ”, उहाँले भन्नुभयो, “के भएको रहेछ । आज बुझ्ने कार्य हुन्छ । त्यहीअनुसार कारवाही प्रक्रिया अगाडि बढ्छ ।”

भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजारमा एक महिलालाई अपशब्द प्रयोग गर्दै वडाध्यक्ष नाथले दुव्र्यवहार गरेको स्थानीयको आरोप छ । घटनापछि बिहीबार राति ब्रह्मदेव क्षेत्र तनावग्रस्त भएको थियो ।

वडाध्यक्षले महिलालाई दुव्र्यवहार गरेको भन्दै आक्रोषित स्थानीयले सीमा प्रहरीचौकी ब्रह्मदेव घेराउ गर्दै कारवाही मागसहित नाराबाजी गरेका थिए । महिलामाथि कुनै किसिमको दुव्र्यवहार नगरेको वडाध्यक्ष नाथको प्रारम्भिक बयानलाई उद्धृत गर्दै प्रहरीले बताएको छ ।

प्रतिक्रिया