महिला चिकित्सकलाई फेसबुकमा अश्लील सन्देश पठाउने वैज्ञानिक पक्राउ

admin

काठमाडौँ, मंसिर २ : ६५ बर्षका व्यक्तिसमेत साईबर क्राईमको मुद्धामा पक्राउ परेका छन् । महिला चिकित्सकलाई प्रेम गर्ने भन्दै फेसबुकमा अश्लील सन्देश पठाउने ती वृद्ध हालसालै पक्राउ परेको डिएसपी बोगटीले बताए । यस्तै, पारिवारिक विवादमा आफ्नै भाईबुहारीबारे फेसबुकका अश्लील टिप्पणी गर्ने कृष्णकुमार खड्का क्षेत्री एक महिनाअघि पक्राउ परेका थिए ।

आफ्नै छात्रालाई फेसबुकमा बारम्बार अश्लील सन्देश पठाएर यातना दिएको आरोपमा दुई महिनाअघि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वैज्ञानिक मेघराज तिवारी पक्राउ परेका थिए । उनी धरौटीमा छुटिसकेका छन् । कतिपय संस्थागत विवाद पनि सामाजिक सञ्जालमा छताछुल्ला हुने गरेका छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रतिक्रिया