माइखोलाले बगाउँदा एक बेपत्ता

राष्ट्रिय समाचार समिति

भद्रपुर, ५ भदौ: झापामा माइखोलाले बगाउँदा आज एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ । शिवतासक्षी नगरपालिका–१० सुकुम्वासी बस्तीका ४३ वर्षीय साहेब सरदार माइ खोला तर्ने क्रममा दिउँसो १ बजेदेखि बेपत्ता भएका हुन् । खोला तर्ने क्रममा बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

फाइल फोटो

इलाका प्रहरी कार्यालय झिलभिले, प्रहरी चौकी माइधार र स्थानीयवासीले बेपत्ता सरदारको खाजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया