माइतीघरमा शिक्षामन्त्रीको पुत्ला दहन

admin

काठमाडौँ, असार १० : काठमाडौंको माइतीघरमा जातीय विभेदविरुद्ध दलित अधिकारकर्मी र विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । ‘मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’ लेखिएको ब्यानरसहित अधिकारकर्मीले प्रदर्शन गरेका थिए ।

संरक्षित विभेदविरुद्ध आम प्रदर्शन तथा हस्ताक्षर अभियान नाम दिएर गरिएको प्रदर्शनमा ‘हाम्रो वर्ण, गोत्र अनि जातभन्दा माथि सबै अट्ने अलिकति ठाउँ खोजौं साथी’, जातिवादी राज्यसत्ता मूर्दावाद लगायतका प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनका सहभागीहरुले सेतो कपडामा हस्ताक्षर गर्दै अभियान प्रति एक्यवद्धता जनाएका थिए । दलित भएकै कारण काठमाडौं महानगरपालिका–११ बबरमहलकी प्रधान थरकी एक महिलाले आफूलाई कोठा दिन अस्वीकार गरेको आरोप लगाउँदै रुपा सुनारले असार ३ गते जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया