माईजु-भान्जा काण्डले लियो उग्ररुप, सावित्री सुवेदी लिएर कल्पना प्रहरी कार्यलय पुग्दा स्थानीय बासिन्दा बने आक्रोशित

मनिषा थापा

पिएनपिखबर : दिदीभिनाजुले सम्पत्तीका लागि यातना दिदै आएको तथा भान्जाले बलात्कार गर्ने प्रयास गरेकोजस्ता गम्भीर आरोप लगाएर चर्चामा आएकी कल्पना बस्नेत खड्का, उनका श्रीमान र अधिकारकर्मी सावित्री सुवेदीसहित मङ्गलबार सिन्धुली जिल्ला प्रहरी कार्यालय पुगेका थिए। 

कल्पनासहित सावित्री सुवेदी सिन्धुली आएको थाहा पाएपछि स्थानीयले प्रहरी कार्यालय सिन्धुलीमा घेराउ गर्न पुगेका थिए । उनीहरुले सुबेदी विरुद्ध चर्का नारा लगाएर आफ्नो कुरा सुन्न दबाब दिएका थिए । प्रहरी कार्यालय घेराउमा कल्पनाले पत्रकार सम्मेलनमा आरोप लगाएकाहरुको पनि सहभागिता रहेको जनाइएको थियो।

एकपक्षीय कुरा सुनेर पत्रकार सम्मेलन गरेको र ज्यान मुद्दा दर्ता गर्न भुमिका खेलेको भन्दै स्थानीयले सुवेदीसँग सम्बाद गर्न चाहेका थिए । तर प्रहरीको कडा सुरक्षा घेराभित्र रहेकी सुबेदीले आरोपित पक्षको कुरा सुन्नु त कता हो कता स्थानीय पत्रकारलाई उल्टो पैसामा बिक्ने भनेर आरोप लगाएकी थिइन्। 

पीडित भनिएकी कल्पनालाई लिएर जिल्ला प्रहरी कार्यालय आएकी सावित्रीले स्थानीयको कुरा सुन्न अस्वीकार गरी हिँडेपछि प्रहरी कार्यालय बाहिर जम्मा भएका स्थानीय आक्रोसित बनेका थिए । प्रहरी कार्यालय भेला भएका स्थानीयको भीड नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

गत साता पत्रकार सम्मेलन गरी उनले आफूलाई आमाजु दिदि–भिनाजु तथा भान्जाहरुबाट पटक–पटक बलात्कारको प्रयास भएको, ज्यान मार्ने धम्की तथा अश्लिल भिडियो र तस्बिरहरु पठाएर वर्षाेदेखि यातना दिँदै आएको आरोप लगाएकी थिईन। उनले सरकारसमक्ष आफ्नो जीवन रक्षाको माग समेत् गरेकी छिन्। 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू