माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु, एमालेमा लागेका नेताहरू उपस्थित होलान् ?

admin

काठमाडौं, २५ फागुन : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । सर्वोच्च अदालतले नेकपालाई वैधता नदिएर एमाले र माओवादी केन्द्र बिउँताइदिएपछि माओवादी केन्द्रको पहिलो स्थायी कमिटीको बैठक सुरु भएको हो ।

बैठकमा सर्वोच्चको फैसलामाथि कानुनी उपचारमा जाने र अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने स्थायी कमिटीका सदस्य लीलामणि पोखरेलले जानकारी दिएका छन् ।

माओवादी केन्द्रले मंगलबारको बैठकका लागि एमालेमा गइसकेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र मणिचन्द्र थापालाई पनि बोलाएको छ । पोखरेलका अनुसार एमाले खेमामा लागेका नेताहरू अहिलेसम्म पेरिसडाँडा पुगेका छैनन् ।

प्रतिक्रिया