माओवादी केन्द्रले क्यान्टमैन्टको रकम हिनामिना गर्‍यो : अध्यक्ष केपी ओली

admin

काठमाडौँ, मंसिर ११ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले क्यान्टमैन्टको रकम हिनामिना गरेको आरोप लगाउनुभएको छ ।

दशौँ महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी केन्द्रले क्यान्टमेन्टको रकम हिनामिना गरेको आरोप लगाउनुभएको हो ।

आफूहरुलाई झटा आरोप लगाइरहेको बताउदै कार्यकर्ता र लडाकुको पेट काटेर बेइमानी नगरेको तर्क गर्नुभयो । उहाँले नेपालमा नियन्त्रित अस्थिता लाद्न षड्यन्त्र भइरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले नेकपा एमालेको नीतिनै नेपालको नीति भएको बताउनुभयो । उहाँले नेपालको राजनीतिको सहि पहिचान नेकपा एमालले मात्रै गर्ने जिकिर गर्नुभयो ।

उहाँले नेकपा एमाले नीति अनुसार खुशी नेपाली समृद्ध नेपालको सपना देखेका तर्क गर्नु भयो । उहाले देशमा जनसमर्थनको सँग छ भनेर जनसहभागीताले पुष्टि गरेको बताउनुभयो ।

प्रतिक्रिया