माओवादी समाजवादीले एमसीसी सम्झौता खारेजको माग गर्दै आमसभा गर्ने

admin

काठमाडौं, कार्तिक ७ :कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादीले एमसीसी सम्झौता खारेजीको माग गर्दै मंसिर ४ गते काठमाडौंमा आमसभा गर्ने भएको छ ।

आपत्रकार सम्मेलन गर्दै समाजवादीको यहि कात्तिक ५ र ६ गते बसेको केन्द्रीय समितिको विस्तारित बैठकले आमसभा गर्ने निर्णय गरेको जानकारी दिईएको हो ।

पार्टीका अध्यक्ष कर्णजित बुढाथोकी (शुशिल) ले बैठकले ‘वैज्ञानिक समाजवाद स्थापनाको वर्तमान कार्यभार नामक राजनीतिक प्रस्ताव’ ब्यापक छलफल गरी परिमार्जन सुझावसहित पारित गरिएको जानकारी दिनुभयो ।

उहाले एमसीसी सम्झौता खारेजी अभियानलाई सहयोग गर्न मंसिर ४ गते पार्टीले आयोजना गर्ने आमसभामा सहभागी हुन सबैलाई आग्रह पनि गर्नुभयो । उहाले अन्य क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीच संयुक्त मोर्चा निर्माण गर्ने निर्णय गरेको बताउनुभयो ।

प्रतिक्रिया