‘माग्ने’का बुढाबुढी आफ्नै कुर्सी बोकेर दशैंको टीका थाप्न गएपछि

रिता घिसिंग

काठमाडौं : चर्चित हाँस्यव्यंग्य कलाकार केदार घिमिरे ‘माग्ने बुढो’ले बिहीबार आफ्नो फेसबुकमा क्याप्सनसहित दुई वटा तस्वीर पोष्ट गरेका छन् । प्लाष्टिकको कुर्सी बोकेको आफ्नो र श्रीमती तस्वीर सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘हामी त दशैं भरी आफ्नै कुर्सी बोकेर टीका लाउन हिडियो। कतै घुंडा टेक्नै परेन।’

साँच्ची उनी आफन्तको टीका थाप्न आफ्नै कुर्सी लिएर गएका भने होइनन् । उनी सामाजिक सञ्जालमार्फत दशैंमा राष्ट्रपति विद्या भण्डारीले घुँडा टेकाएर दशैंको टीका लगाएकोप्रति उनले शालिन तर गम्भीर व्यंग्य गरेका हुन् ।

राष्ट्रपति भणडरीले दशैंमा टीका लगाउँदा टीका थाप्नेले घुँडा टेकेका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि राष्ट्रपति नै विवादमा तानिएकी छन् । राष्ट्रपति कार्यालयले नेपाली सेनाको व्यवस्थापनका कारण यस्तो भएको स्पष्टिकरण दिइसकेको छ ।

तर पनि यो विषयमा दशैं सकिँदा पनि बहस भइरहेको छ । यसैक्रममा केदार घिमिरेले पनि सामाजिक सञ्जालमाफर्त व्यंगय गरेका हुन् ।

उनको यो तस्वीर सामाजिक सञ्जालमा शेयर गरेको केही घण्टामै भाइरल बनेको छ । सयौंले लाईक र कमेन्ट गरेका छन् ।

प्रतिक्रिया