माछाको विवादमा महिलाको मृ’त्यु

राष्ट्रिय समाचार समिति

सप्तरी, २७ असार : सप्तरीको डाकनेश्वरी नगरपालिका–७ ब्रह्मपुरस्थित पोखरीमा माछा मार्ने क्रममा भएको वि’वादमा आज एक महिलाको मृ’त्यु भएको छ । वर्षामा पानी भरिएर पोखरीबाट बाहिर निक्लिएको माछा लिएको विषयमा भएको विवादपछि कु’टपि’ट हुँदा स्थानीय मेनेजर मण्डलकी श्रीमती ५२ वर्षीया मानशेरदेवी मण्डलको मृ’त्यु भएको सप्तरी प्र’हरीले जनाएको छ ।

पोखरीबाट बगेर बाहिर छट्पटिरहेको माछा लिएको विषयमा जथाभावी गालीगलौज गर्दै आरोपितहरुले बाँसको भाटाले प्र’हार गरेको मृ’तकका श्रीमान् मण्डलले बताउनुभयो । कु’टपिटमा घाइते २५ वर्षीया सीतादेवी मण्डलको राजविराजस्थित स्थानीय क्लिनिकमा उपचारपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको स्थानीय शत्रुघ्न मण्डलले जानकारी दिनुभयो ।

कु’टपिटबाट ह’त्या गरेको आरोपमा सोही ठाउँका ३५ वर्षीय कारी साह, ४० वर्षीय वीरेन्द्र साह, ६० वर्षीय रामप्रसाद साह, ३२ वर्षीय धनवीर साह र १६ वर्षीय सुनिल साहलाई सप्तरी प्र’हरीले नियन्त्रणमा लिएको छ । कुटपिटबाट मृ’त्यु भएको भन्ने खबर प्राप्त हुनासाथ घ’टनास्थ’ल पुगेको इलाका प्र’हरी कार्यालय पातो र प्र’हरी चौकी गम्हरिया प्रवाहबाट खटिएको प्र’हरी टोलीले कुटपिटमा संलग्न आरोपितहरुलाई प’क्राउ गरेको जिल्ला प्र’हरी कार्यालय सप्तरीका प्र’हरी निरीक्षक सन्तोष खड्काले बताउनुभयो ।

कु’टपिटमा संलग्न अन्य फरार रहेका चार जनाको खोजी भइरहेको प्र’हरीले जनाइएको छ । शव परीक्षणका लागि राजविराज ल्याइएको छ ।

प्रतिक्रिया