माटोको ढिस्कोले थिच्दा दम्पतीको मृ’त्यु,चार जना घा’इते

राष्ट्रिय समाचार समिति

जाजरकोट, १४ जेठ : स्वास्थ्यचौकीको भवन निर्माणका लागि बालुवा निकाल्ने क्रममा मङ्गलबार पुरिएर नलगाड नगरपालिका–९ तात्रका ३३ वर्षीया कुमारी सिंहको घ’टनास्थलमै मृ’त्यु भएको छ ।

फाइल फोटो

मृ’तक कुमारीका श्रीमान् ३५ वर्षीय एकराज सिंहलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बुधबार बिहान भेरी नगरपालिका–१ को रावतगाउँमा मृ’त्यु भएको स्थानीयवासी नवराज सिंहले जानकारी दिनुभयो ।

सिंह दम्पतीसहित खिरखिरेस्थित बालुवा निकालिरहेका सोही गाउँका कमला सिंह, तारा सिंह, लक्ष्मी सिंह र तारा सिंहको अहिले नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमास्थित स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । समयमा उपचार नपाउँदा एकराजको मृ’त्यु भएको पीडितको भनाइ छ ।

प्रतिक्रिया