माता उतार्ने भन्दै ब’लात्का’र गर्ने वनझाँक्री प’क्राउ

राष्ट्रिय समाचार समिति

उदयपुर : त्रियुगा नगरपालिका–१० बोक्सेका पानीट्याङकी निवासी एक वन झाँक्री ब’लात्का’र आरोपमा प’क्राउ परेका छन्।

प’क्राउ परेका ३९ वर्षीय अर्जुन भनिने चुडामणि श्रेष्ठलाई पीडितको उजुरीका आधारमा प’क्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्र’हरी प्रमूख भीमप्रसाद दाहालले बताए।

उनले माता उतार्ने र झारफुक गर्ने नाममा महिलालाई पटक पटक यौ’न तथा आर्थिक शोषण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। ती धामीले आफूलाई गुरुले मानिसलाई कपडा खोल्न लगाएर उपचार गर्न सिकाएले त्यसैगर्ने गरेको बयान दिएका छन्।

अर्जुनसँग मतियारका रुपमा काम गर्ने ४५ वर्षीय एक महिलालाई पनि अनुसन्धानको दायरामा राखिएको छ।

प्रतिक्रिया