मात्रा नमिलेको आयुर्वेदिक औषधि घातक : बिरामी बढे

admin

काठमाडौं, ६ कात्तिक : कोरोना भाइरस (कोभिड–१९) बाट लड्न रोग प्रतिरोधात्मक क्षमता बढाउन मानिसले आयुर्वेदिक औषधि जथाभावी प्रयोग गर्न थालेको पाइएको छ । मात्रा नमिलेको र पहिलादेखि लागेका रोगको ख्यालै नगरी मात्रा नमिलेको जडीबुटी खानु शरीरका लागि घातक हुने भनाइ विज्ञको छ ।

दैनिक भान्छामा प्रयोग हुने औषधीय गुण भएका मसलाले स्वाद बढाउने मात्र होइन, औषधिको समेत काम गर्छन् । मसलाको बढी प्रयोगले विभिन्न रोग लाग्ने खतरातर्फ कमैको मात्र ध्यान पुगेको पाइन्छ ।

पद्मकन्या क्याम्पसको गृह विज्ञान विभागका प्रमुख पोषणविद् डा. जया प्रधानले कोरोना भाइरसविरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमता बलियो हुन आवश्यक भएको बताइन् । उनले कोभिड–१९ लाग्ने डरले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्दै बेसार, मेथी, अदुवा, लसुन, भिटामिन ‘डी’ लगायतका चिज बढी प्रयोग गरेको पाइएको जानकारी दिइन् । यसले गर्दा पनि कतिपय मानिस विभिन्न रोगको सिकार हुनुपरेको अनुभव डा. प्रधानले सुनाए ।

नेपालीमा एउटा उखान नै छ, ‘चिनी पनि बढी खाए तीतो हुन्छ’ भने झैँ क्षमता बढाउने नाममा राम्रो जानकारी र मात्रा नमिलाई औषधीय गुण भएका चिज खाँदा समस्या आउने गरेको भनाइ डा. प्रधानको छ ।

भान्छामा प्रयोग हुने मरमसला औषधिजन्य हुन्छन्, त्यसमा कुनै द्विविधा नै छैन । धेरै खाने कुरा यस्ता छन् जुन एउटा रोगलाई हुन्छ भने अर्को रोगलाई हुँदैन । उदाहरणका लागि रक्तचाप कम भएको व्यक्तिले गुर्जो तथा बेसार पानीको बढी सेवन गरे खुट्टा बाउडिने तथा रिङ्गटा लाग्ने समस्या हुन सक्ने भनाइ डा. प्रधानको छ ।

यता फिजिसियन जेनर तामाङले सामाजिक सञ्जालमा सुनेको भरमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने खानेकुरा खाएका धेरै बिरामी आउने गरेका छन् । मानिसले कोभिड–१९ सङ्क्रमित सँगको सम्पर्क भएपछि डराएर मात्रा नमिलाई त्यस्ता औषधि प्रयोग गर्ने गरेको पाइएको छ भने। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया