माधव नेपालसहित चार जना नेतालाई गरिएको कारबाही फुकुवा

admin

काठमाडौं, ३० बैशाख : नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेतालाई गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको छ । बिहीबार बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिएका छन् ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी हितविरुद्ध लागेको भन्दै चारजना नेतालाई ६ महिनाको लागि पार्टीबाट निलम्बन गर्ने निर्णय गरेका थिए । यस्तै देश र पार्टीको अवस्थालाई ध्यानमा राखेर थप निर्णय गर्ने अधिकार स्थायी कमिटीको बैठकले  ओलीलाई दिएको पनि नेम्वाङले जानकारी दिए । माधव नेपाल पक्षका सांसदले राजीनामा दिएर कांग्रेस नेतृत्वको सरकारलाई सघाउने चर्चा चलिरहेकाले बैठकले कारबाही फिर्ताको निर्णय गरेको हो ।

प्रतिक्रिया