माधव नेपाल क्रिश्चियन धर्मको प्रचार गर्ने संस्थाको तर्फबाट विदेश भ्रमण गर्ने व्यक्ति हो : सूर्य थापा (अन्तर्वार्ता)

admin

काठमाडौं, ३० माघ : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले दश लाख जनता उतारेर सिंहदरबार र बालुवाटार घेर्ने भनेर हिजो दिएको अभिव्यक्तिले आफूहर डरले थर्रथर्र नकाँप्ने टिप्पणी गरेका छन् । (हिजो) बिहीबार नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले पाप र धर्मको हिसाबकिताब हुने हो भने त सबैभन्दा पहिले माधवकुमार नेपाल नर्कमा जाने पनि कडा टिप्पणी गरेका छन् । प्रधानमन्त्रीका सल्लाहकार थापासँग गरिएको कुराकानीको सम्पादित अंश :-

प्रचण्डले प्रष्ट रूपमा भन्नुभएको छ-अब हामी १० लाख मान्छे जम्मा पार्छौं र बालुवाटार/सिंहदरबार घेराउ गरेर केपी ओलीलाई बाहिर निकाल्छौँ भन्नुभएको छ, अब तपाईँहरू के गर्नुहुन्छ ?

उहाँले त्यति भन्नासाथ हामी डरले थर्रथर्र काम्यौँ, डरायौँ भन्ने ठान्नुभएको ? प्रचण्डजीको मनमा के–के छ ? के-के सोच्नुभएको छ ? प्रधानमन्त्रीलाई हटाएर त्यहाँ गएर टुप्लुक्क बस्न पाए हुन्थ्यो भन्ने छ । अहिले होईन नि, गत वर्ष बैसाख १०-१२ गतेदेखिनै भगीरथ प्रयत्नमा हुनुहुन्छ । यो ‘मनको लड्डु घ्युसित खाने’ हो । उहाँले चाहीँ साँढे छ सय बसमा मान्छे ल्याएर फुर्ति गर्ने हो ? तिनी मान्छेहरू सधैं आउने होईनन् । दश लाख त उहाँको दिवासपना मात्रै हो । उहाँले दश लाख ल्याउने भनेर बकवासमात्रै गर्नुभएको हो ।

शक्ति प्रर्दशनमा तीन लाख मान्छे उतार्नु भयो नि त ? तपाईँले देख्नुभएन ?

त्यहाँको ठाउँ नाँप/जाँच गर्ने मान्छे छैनन् यहाँ । त्यहाँ तीन लाख मान्छे अटाउँछन । कसले भन्यो ? तीन लाख मान्छे आए भनेर बकवासको पनि त हद हुन्छ नि त । प्रचण्डले जति भन्यो त्यति हुन्छ । नागढुङ्गामा रेकर्ड राख्ने मान्छे छन् नि त । कति गाडी आए ? कति भरी आए ? कति आदी आए ? त्यो पनि रेकर्ड होला नि त, कति रित्तै थिए, कति अटेजमटेज थिए, त्योपनि रेकर्ड होला नि, त्यो रिपोर्ट पनि बनाउनुहोस् नि ।

रामकुमारी झाँक्रीले (शक्ति प्रर्दशन) हिजोको सम्बोधनमा के भन्नुभयो ? उहाँले भनेको कुरालाई कसरी लिनुभएको छ ?

मान्छेलाई अहिले अनेक खालका नौंटंकी गर्न मन लागिरहेको छ । कसैले कालो लुगा लगााएर प्रतिगमन भयो भन्नेहरु छन् । म तपाईँलाई के भन्न चाहन्छु भने-डोरी देख्दा सर्प भनेर डराउने भ्रममा परेका मानिसहरूको यो नौंटंकी हो अभिनय हो । उनीहरू जे भनिरहेका छन, त्यो बकवास हो । तथ्यले त्यसो भन्दैन् । नेपाली शब्दकोश हेर्नुभयो भनेपनि प्रतिगमन भनेको पछितिर फर्किने काम हो । के मुलुक गणतन्त्रबाट मुलुक राजतन्त्रतिर फर्केको हो ? हिन्दु धर्मतिर फर्केको हो ? हामीले विस्थापित गरेका परिपाटी पूर्नस्थापित भएका हुन र म्यानमारमा जस्तो सेनाले सत्ता लिएको हो र ? त्यो केही पनि होईन । डोरीलाई सर्प भनेर लठ्ठी हानिरहनुभएको छ ।

यस्तो बकवास र कुर्तक अपव्यख्या गलत भ्रमकको खेति गरिरहनुभएको छ, त्यो किन गरिरहनुभएको छ भने माधव नेपाललाई अध्यक्ष बन्नु परेर, प्रचण्डलाई प्रधानमन्त्री बन्नु परेर, यो सबै गरिरहनुभएको हो । उहाँहरूले सबै मान्छेहरूको त्यहाँ बोलेको बकवास कुण्ठा सुन्नुभयो । प्रधानमन्त्रीमाथि गालीगलोजमा उत्रिएका थिए । उनीहरुसँग कुनै राजनीतिक एजेण्डा थिएन । जनतालाई हामी यसो गर्छौं भन्ने कुरा नै थिएन । दुई पटक प्रभानमन्त्री हुँदा, अथवा उनीहरूले हिजो शासन गरेको देखेकै हो नि ।

रामकुमारी झाँक्रीले मुखमा टेप टाँसेर मञ्चमा चढेर मुख खोल्दै भनिन्–हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ, प्रधानमन्त्रीले गरेको कदम गलत छ भन्दै राष्ट्रपतिको विरूद्ध पनि खनिईन् नि ? के भन्नुहुन्छ ?

एकपटक रत्नपार्कमा पुलिसले टाउकोमा लठ्ठीले हानेको थियो, टाउकोबाट रगत निस्किएको थियो । त्यसको व्याज स्याज खाएर अघाएर ढाडिनुभएको छ । उहाँले के गर्नु भयो ? कुन व्यवस्था ल्याउनुभयो भन्नेबारे सबै जानकार नै छन् । उहाँले व्यवस्था ल्याएको बकवास गरिरहन आवश्यक छैन । उहाँले आँफै मुखमा टेप लगाउनुभएको छ । बोल्नेखालको शब्द प्रयोग गरेको हुनुहुन्न । कुनै मर्यादित संयममित राजनीतिक शब्द त कहिल्यै नि प्रयोग गर्नुहुन्न ।

शिष्टता उहाँलाई केही पनि प्रयोग गर्नुहुन्न । कालो बर्को ओढेर मुखमा कालो टेप लगाएर देशभरिबाट ल्याईएका साथीहरुको बीचमा आफनो मार्केटिङ गर्नुभएको हो । उहाँले त्यो तमासा गर्नुपर्ने जरूरी म केही देख्दिन् । किनभने उहाँले यस्ता शब्द प्रयोग गर्नुभएको छ कि-प्रधानमन्त्रीलाई सन्की भनेर भन्नुभएको छ । अब उहाँले भनेर हुन्छ र ? केपी शर्मा ओलीको स्वभाव, कार्यशैली र व्यवहार उहाँको अभिव्यक्ति उहाँको प्रयोग गर्ने भाषाको बारेमा नेपाली जनता र दुनियाँलाई थाहा छैन र ?

माधवकुमार नेपालले त भनिसक्नुभयो कि प्रधानमन्त्री ओलीलाई संसद् विघट्न गरेको पाप लाग्छ ?

पाप यसरी लाग्छ ? होलीवाईन प्रकरणका मूल व्यक्तित्व उहाँ नै हुनुहुन्छ । उहाँ चाहीँ क्रिश्चियन धर्मको प्रचार गर्ने संस्थाको तर्फबाट ३६ पटक विदेश भ्रमण गर्ने व्यक्ति हो । नेपालमा मुनको संस्थालाई ल्याउने व्यक्ति नै उहाँ हुनुहुन्छ । उहाँलाई अहिलेको हाम्रो संविधान पचेको छैन् । सनातनदेखि मानि आएको धर्म र मान्यताका सन्दर्भमा उहाँलाई मन परेको छैन । नेपालको धर्म, सस्कृति र रीतिरिवाज मन पर्दैन् । उहाँले आफूप्रति उठेका जनताका प्रश्नको जवाफ दिनुपर्छ । पाप त उहाँको धुरीबाट कराउनेवाला छ नि ।

प्रधानमन्त्री पनि त होलीवाइन कार्यक्रममा सहभागी हुनुभयो नि त ?

नेताहरूले सिफारिस गरेर हत्ते हालेर कार्यक्रममा जानुभयो भनेर त्यतिखेर सार्वजनिक भएको विषय हो । यसको मुल मञ्चनकर्ता त उहाँ (माधव नेपाल) नै हो नि । होलीवाइन प्रकरणमा बौद्धको होटेलमा त जानुभएन नि उहाँले विदेशबाट आएका विदेशी पाहुनालाई होटेल सोल्टीमा भेट्नुभएको हो ।

प्रमुख अथिति बनेर होटेल ह्यातमा त जानुभएको हो नि ? होइन र ?

सोल्टी होटेलमा विदेशबाट आएका आफ्ना समकक्षीहरूरपाहुनाहरू राष्ट्रप्रमुखरसरकार प्रमुखहरूसंग भेटिदिनुभएको हो ।

तर, सरकार नै आयोजक बनेको त हो नि ? यो कुरा त पहिले पनि बाहिर आईसकेको छ नि ?

सरकार आयोजक होइन, त्यो संस्था आयोजक हो । पाप र धर्मको कुरा गर्ने ठाउँमा माधव नेपाल हुनुहुन्न । अहिले उहाँलाई एकदमै टाउको दुखाइ कहाँ भएको हो ? भने पशुपतिनाथ हामी सबैको आस्थाको केन्द्र, हिन्दु धर्म मान्नेहरूका लागि यसको महिमाको चर्चा गरिरहनु परेन । पशुपति विकास कोष र पशुपतिनाथ मन्दिरले जलारी बनाउनका लागि केही रकम पुगेन, यसमा संरक्षकका हिसावले उहाँहरुले आउन अनुरोध गरेको हुनाले प्रधानमन्त्री त्यहाँ जानुभयो ।

सुनको जलारी चढाउने कुरा कार्यक्रममा थियो । ६२ करोड रुपैयाँ पशुपतिनाथ विकास कोष र पशुपतिनाथ मन्दिरको योजनानुसार भएको थियो । केही रकम नपुग्ने भएपछि देशको विश्वभरिका हिन्दूहरूको यत्ति ठुला शत्तिपिठका सन्दर्भमा सुनको जलारी बनाउने कुरामा सरकारको तर्फबाट उसलाई सहयोग हुन्छ भनेर प्रधानमन्त्रीले ३० करोड रुपैयाँ सहयोग गर्ने बचन दिनुभएको हो । र, सरकारले यसमा निर्णय गरेको हो । पशुपतिनाथमा सुनको जलारी लगाउने कुरा भएको हो । त्यसले उहाँहरुलाइ टाउको दुखेको हो । हामीले गरेका राम्रा कामहरुमा प्रशंसा गर्ने कुनै शब्द छैन उहाँका ।

अब पशुपतिनाथले पनि माफ गर्दैनन् रु सबै जनता सडकमा आए ?

उहाँहरुले त्यही साँढे छ सय बसमा आधा भरि कसरी मान्छे ल्याउनुभयो ? र फाइँफुर्ति गर्नुभएको हो । यो पाप र धर्मको कुनै हिसाबकिताब हुने हो भने त सबैभन्दा पहिला माधव नेपाल नर्कमा जानुहुन्छ नि त । त्यो कुरा त उहाँले बुझ्नुभएको छ र छट्पट्टिनुभएको हो । नत्र भने यहाँ पाप र धर्मको कुरा, पशुपतिनाथले क्षमा गर्ने/नगर्ने कुरा उहाँले गरिरहनका निम्ति त्यत्तिका मान्छेलाई किन दुःख दिइरहनु पर्दथ्यो ? त्यो जरूरीको विषय नै थिएन ।

कहिलेबाट उहाँ चाहीँ पाप र धर्मको ठेकदार हुनुभयो ? पाप र धर्मको बारेमा उहाँ चाहीँ फैसला गर्ने कहिलेबाट यमराज हुनुभएको ? उहाँ त माधव नेपाल हो नि, पाप र धर्मको ठेकदार होइन नि । उहाँ यमराज होईन नि । पाप र धर्मको टुङ्गो गर्ने उहाँ यमराज हुनुभएको हो हिजो देखी ।

प्रतिक्रिया