‘माधव नेपाल यसकारण महानायक’

admin

लाखौं नेपाली जनताका आशा र भरोसाको नेता कमरेड माधव कुमार नेपाल ज्यूलाई मेरो हृदय देखि नै सलाम छ । मुलुकको रक्षा गर्नुहोस् गणतंत्र को रक्षा गर्नुहोस्, नेपाल कम्युनिस्ट पार्टीलाई बचाएर नेपाली जनताको मतको रक्षा गर्नुहोस्, नेपाली जनताले अहिलेको नेकपाको किचलोले देश थला परेको बेला हुजुरलाई नायक मात्र होइन महानायक को रुपमा हेरेका छन तथा हेर्नेछन ।

वरिष्ठ नेता नेपालको गतिविधिले आज दिन–प्रतिदिन नेता नेपालको लोकप्रियता बढीरहेको छ । अहिले नेता नेपाल नेकपाको मात्र नेता नरही राष्ट«कै राज नेता हुनभएको छ । उहांको पहलले नेकपाको नेतृत्वको सरकार जनप्रिय निर्णय गर्न बाध्य भएको छ ।

जस्तै कोरोनाको परीक्षण र उपचार सरकारले निशुल्क नगर्ने निर्णय गरेपछि वरिष्ठ नेता नेपालले कडा रुपमा विज्ञप्ति मार्फत निशुल्क उपचार गर्नुपर्छ भनेर सरकारको ध्यान केन्द्रित गरे पछि सरकार अन्तमा कोरोनाको निःशुल्क उपचार गर्न बाध्य भएको छ ।

पार्टी बिभाजन हुन नदिन आफु जस्तोसुकै त्याग गर्ने र बिभाजन हुन कुनै हालतमा नदिने वरिष्ठ नेता माधव नेपालको भिष्म प्रतिज्ञा आफैंमा सम्मान योग्य कुरा हो । गलत प्रवृत्तिको विरुद्ध ठाडै प्रहार गर्ने क्षमताका धनी नेता नेपालको खाँचो नेकपा पार्टीमा मात्र होईन राष्ट«मा खड्किरहेको छ । त्यसैले नेकपा पार्टीले छिट्टै नेता नेपाललाई जिम्मेदारी दिने कुरामा कन्जुस नगरोस ।

नेकपा पार्टी भित्र देखिएका रोगहरु को नेता नेपालले चिरफार गरेर पार्टलाई बलियो बनाई नेपाली जनता संग गरेका वाचाहरु पुरा गर्न उहांले सरकार लाई पनि घच–घच्याई रहनू भएको छ ।

नेता नेपालको वानी व्यवहराले म पनि उहाँसँग निक्कै प्रभावित भएको छु । उहाँको विषयमा जसले नकारात्मक टिप्पणी गरीरहेका छन । उनीहरुले नेता नेपालको दिन प्रतिदिन लोकप्रियता बढेको देख्न नसकेर नै हो ।

त्यति मात्र होईन सादा जीवन र उच्च विचारका धनी अंर्तराष्ट्रीय समुदायले पनि विश्वास गरेका राष्ट्रवादी र विकासप्रेमी ज्ञानका भण्डार नेता नेपालको बहुआयमिक व्यक्तित्वको कारण पनि गलत प्रवृत्ति बोकेका राजनीति र पार्टी लाई व्यापारको रुपमा पैसा कमाउन पेसा सम्झेकाहरु नेता नेपालको विरोध गरीरहेका छन ।

तर समयको माग राष्ट्र को जनताको माग नै नेता नेपाल भईसकेकोले र उहाँको भिष्म प्रतिज्ञाले आज पार्टी फुटाउन खोज्नेहरु, पार्टीलाई विधिः पद्धितिमा हिडांउन नखोज्नेहरु, आज नेता नेपालको अडानमा आउन बाध्य भएका छन ।

नेकपालाई विभाजन हुन नदिन मात्र होइन पार्टी मा देखिएका रोगहरू निराकरण गर्न नेता नेपालले खेलिरहनु भएको भूमिका नेकपाको इतिहासमा लेखिन्छ । यसको सम्पूर्ण नेपाली जनताले नेकपा पार्टीले मूल्यांकन गर्नेपर्छ । आज नेता नेपाल को विचार मार्गदर्शन उहाँको मात्र विचार भएको छैन । सिंगो पार्टीको विचार पार्टीको सिद्धान्त, पार्टीको विधान, पार्टीको मार्ग दर्शन, पार्टीको पद्धति भएको छ ।


लामो समय सम्म तत्कालीन नेकपा एमाले को नेतृत्व गरीसक्नु भएका नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल ले तत्कालीन जटिल परिस्थिति मा पनि पार्टी को कुशल नेतृत्व प्रदान गर्नुभएको थियो । कम बोल्ने अनावश्यक कुरा नगर्ने स्वभावका नेता नेपालले माओवादीको बिग बिगीमा एमाले कांग्रेसका सबै जसो हस्ती हरुले चुनावमा पराजय हुदां उहां नेता नेपाल पनि पराजय हुनु स्वभाविकै थियो तर नेता नेपालले तत्कालीन एमालेको महासचिव पदबाट राजिनामा दिएर उच्च राजनैतिक संस्कार देखाउनु भएको थियो ।

पदको लागि मरिहत्ते गर्ने जे पनि गर्ने हाम्रो जस्तो देशमा नेता नेपालको राजीनामाले उहाँले आफ्नो असली रुप देखाईसक्नु भऐको छ । म लगाएत मेरो नेतृत्व मा ५० जनाको हाराहारीमा तत्कालीन समाजवादी पार्टी छोडे्र नेकपामा प्रवेश गर्यो यस बीचमा पटक पटक नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमंत्री माधव कुमार नेपाल लाई भेट गर्ने अवसर मलाई मिल्यो । यस क्रममा उहांको शालिन व्यक्तित्व समय लाई एकदमै उचित ब्यवस्था गर्ने क्षमता मात्र हैन दिनमा सयौं मानिसहरु पार्टी भित्रका र बाहिरका वहां को निवासमा दिनंहु घुईचो लाग्ने र नेता नेपाललाई भेटे पछि सबै मानिसहरु प्रफुल्ल मुद्रामा बाहिर निस्किएको पाईयो ।

नेता नेपालले भन्नु भयो सचिवालयको बैठक राख्नु कयौं चोटी अध्यक्ष ओलीलाइ बिन्ती नै चढाउनु पढेको त्यस्तै नेपालले स्थायी कमिटीको बैठक राख्न निवेदन र हस्ताक्षर अभियान नै चलाउनु पर्यो । पटक पटक यसरी पूर्व प्रधानमंत्री समेत रहेका नेपालले दिएको सत्य तर तिथो यथार्थले नेकपा पार्टीमा विधिः मिचिएको छ । पद्दति मिचिएको छ ।

पार्टीमा प्रधानमन्त्री समेत रहेका ओलीको तानाशाही बढेको छ । उनको गतिविधिले पार्टी र मुलुकलाई कमजोर बनाईरहेको छ पार्टीलाई सही ठांउमा ल्याउन वरिष्ठ नेता नेपाल लड़ाई लडिरहनु भएको छ ।

यहाँसम्मकी ओलीले तेस्रो अध्यक्ष बनाउने प्रस्ताव लाई ठाडै अस्वीकार गर्नुभयो स्वच्छ छवि का शालिन व्यक्तित्वका धनी कम्युनिस्ट आन्दोलन का धरोहर नेपाली जनताकै अबको आशाका केन्द्र वरिष्ठ नेता नेपाल ले उठाईरहनु भएको एक व्यक्ति एक पदलाई पार्टीको स्थाई कमिटीको बैठक बाटै पारित गरेर गए मात्र अहिलेको नेकपा भित्रको गतिरोधको अन्त हुन्छ ।

नेता नेपाल ज्युको सरल व्यवहार सबै भेट्न जाने हरूलाई वहां ले गर्ने सम्मानित व्यवहार गम्भीर भएर सवै जनाको कुरा सुन्ने प्रवृत्ति को कारण नेपाल निवास कोटेश्वरमा आफ्ना समस्या हरु लिएर आउने नेकपाका नेता कार्यकर्ता मात्र होइन सबै खालका जनसमुदायहरु को बाग्लो भिडभाड्ले कोटेश्वर निवास प्रधानमन्त्री निवास वालुवाटार हो की भन्ने भान हुन्छ ।

नेता नेपालको निवासमा देखिएको चहलपहलले नेकपाको नेतृत्व वरिष्ठ नेता नेपालको हातमा भविष्यमा जान्छ । नेपाल जत्किो नेतालाई पार्टीको र सरकारको नेतृत्वमा बलियो रुपमा उभ्याएको अवस्थामा मुलुकले काचुंली फेर्ने कुरामा कसैको दुईमत छैंन ।
(लेखक रामप्रसाद रिजाल सत्तारुढ दल नेकपाका युवा नेता हुन् । )

प्रतिक्रिया

सम्बन्धित समाचारहरू