माधव नेपाल समूहका युवाद्वारा इन्द्रावतीका बाढी पिडितलाई राहत वितरण

admin

काठमाडौं, ६ असार : नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशन बमोजिम युवासंघले इन्द्रावती बाढीपीडितका लागि राहत हस्तान्तरण गरेको छ । युवा सङ्घको केन्द्रीय प्रतिनिधिमण्डलले आज मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याललाई भेटेर राहत हस्तान्तरण गरेको हो ।

युवासंघ नेपाल केन्द्रिय कमिटीको संयोजनमा युवा संघ नेपाल बारा र पर्सा जिल्ला कमिटीले संकलन गरेको राहत सामाग्रीहरु आज सिन्धुपाल्चोकमा मेलम्ची नगर पालिकाका मेयर  डम्बर अर्याल र जिल्ला समन्वय समितिको प्रमुख कृष्ण गोपाल तामाङलाई हस्तान्तरण गरिएको युवासंघ नेपालका केन्द्रिय सचिव लक्ष्मण घिमिरेले बताए हो ।

राहत सामग्रीमामा २०५ बोरा चामल, २० बोरा चिउरा, ४० कार्टुन चाउचाउ, ६० किलो दालमोठ, ५ कार्टुन बिस्कुट,१५ कार्टुन तेल,नुन, साबुन, माक्स, स्यानिटाइजर लगायतका सामाग्रीहरु वितरण गरिएको थियो ।

राहत हस्तान्तरण गर्न युवासंगका केन्द्रिय सचिव भेषराज शाह, गणेश रिजाल, अनिल भण्डारी, राम यादव, आर के भट्टराई, हरि ॐ साह, जितेन्द्र साह, सुमन गुभाजु र युवा संघ सिन्धुपाल्चोक अध्यक्ष कमरेड हिमेश तामाङ मेलम्ची पुग्नुभएको थियो ।

प्रतिक्रिया